२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशअनमीमाथि जातीय विभेदको आरोपमा मुगुका स्वास्थ्य चौकी इन्चार्ज पक्राउ

अनमीमाथि जातीय विभेदको आरोपमा मुगुका स्वास्थ्य चौकी इन्चार्ज पक्राउ


जुम्ला—मुगुको सोरु गाउँपालिका–९ खनायाँ स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाहीलाई प्रहरीले प्रक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय मुगुले सोही स्वास्थ्य चौकीमा कार्यरत अनमी तुसा विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा पक्राउ गरेको हो ।

यसअघि अनमी तुलसामाथि जातीय विभेद गर्ने सुरजकी आमा झापु शाही र अर्का धनप्रसाद भट्टलाई पक्राउ गरी अनुसन्धानका लागि अदालतमा ७ दिन म्याद थप गरिएको प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए ।

‘जातीय विभेदको आरोपमा ३ जनामाथि जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएको र तीनै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेकोे छ,’ उनले भने ।

दाङ तुल्सीपुर घर भई सोरु गाउँपालिका खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी विश्वकर्मा स्वास्थ्य इन्चार्ज सुरजको घरमा डेरा गरी बस्दै आएकी थिइन् ।

गत बैशाखमा सुरजकी आमा झापुले अनमी तुलसालाई दलित भनेर थाहा पाएपछि जातीय भेद्भाव गरेको र डेरा सार्न दबाब दिएको आरोप उनीमाथि लागेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ