२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारटेरामक्स प्रकरणमा प्रश्न सोधेपछि झोक्किए स्वास्थ्यमन्त्री, यस्तो छ रोचक सवाल-जवाफ

टेरामक्स प्रकरणमा प्रश्न सोधेपछि झोक्किए स्वास्थ्यमन्त्री, यस्तो छ रोचक सवाल-जवाफ


स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत नैतिकतासँग जोडेर टेरामक्स प्रकरणबारे प्रश्न सोधेपछि झोक्किएका छन् । सोमबार संसद भवनमा मन्त्री बस्नेतलाई पत्रकारहरुले प्रश्न सोधेपछि उनी झोक्किएका हुन् ।

मन्त्री बस्नेतले आफूमाथि आरोपमात्रै लागेको र प्रमाणित नभएको पनि बताए । कान्तिपुरका पत्रकारसँग झोक्किएका उनले एनसेलको अर्बौको घोटाला लुकाउन टेरामक्स प्रकरण उछालिएको समेत आरोप लगाए । उनले संसद भवनबाहिर पत्रकारसँग गरेको रोचक सवाल जवाफ

अहिलेको संसद अवरोधलाई कसरी लिनुभएको छ ?
उहाँहरुलाई सोध्नुपर्यो । हामीले हेर्दाखेरी पुङ न पुच्छरका कुरा लिएर हिडेका छन् । उजुर गर्न आफै हिड्छन्, बोल्न आफै हिड्छन् । आफ्नो तरिकाले आफूले भनेको सबै ठीक हो भन्छन् होइन भने बेठिक हो भन्छन् देखिरहनुभएको छ नि तपाईहरुले ।

सामान्य नैतिकता मन्त्रीहरुले देखाएनन् भन्ने छ ?
(गाडीबाट फर्केर )………..के हो नैतिकता ? सुन्नुहोस् यो देशमा कानुन छ, ऐन छ, कसैले कसैलाई रिस उठेर उजुरी ग¥यौं भन्दैंमा प्रमाण केही पनि नभइकन के हुन्छ त्यहाँ नैतिकता ? तपाईले सिकाउनुपर्छ ?

हाम्रो गल्ती छैन दोषी देखिए राजीनामा गर्छौ भनेर भन्न सकिदैंन् ?
तपाईलाई यति पनि थाहा रहेनछ कहाँको पत्रकार हो तपाई ? सुन्नुहोस् कान्तिपुरले के लेखिरा’छ । कान्तिपुरले खाली टेरामक्सको वकालत गरिरहेको छ । म तपाईलाई प्रतिप्रश्न सोध्न चाहन्छु संसारभरी टेरामक्स लागु भएको छ । कन्ट्रोलदेखि कल वाइपास गरेर गर्ने घोटालाका बारेमा सारा देशमा नियन्त्रण भएको छ । यो मात्र देशमा किन नियन्त्रण भएको छैन । तपाईहरुले लिडिंग रोल गरिरहनुभएको छ एनसेललाई ढाकछोप गर्न उसको फण्डाबाज हो यो । मेरो कुरा सुन्नुहोस पहिले तपाई यहाँ यो विषयमा सिआईबीले समेत यति पैसा घोटाला गरेको छ भनेर प्रतिवेदन पेश गरेको छ ।

एक्जीयाटाले जति पनि देशमा काम गरेको सबै देशमा नाफा गरेको छ । कोभिडको बेलाको एक वर्षबाहेक नेपाल हरेक वर्ष उसको ग्राहक बढिरहेको छ आम्दानी घटाइरहेको छ । हुँदाहुँदा अन्तिममा कसरी नामसारी गर्न खोज्यो त्यो पनि थाहा छ । तपाईहरु यसको वकालत गरेर बस्नुभएको छ उसको पक्षमा । राष्ट्रमा ठगी गर्ने कुरामा जुन बेलासम्म यो कल बाइपास गरेर खाने कुरालाई नियन्त्रण राज्यले गर्दैन्, फर कन्टोल गर्दैन्, अहिले पनि भिओआई प्रकरण सुरु भइसक्यो फेरि । म संचारमन्त्री भएर आउने बेलामा रुबेल चौधरीलगायत धेरै मान्छे थुनिएर कारवाही गरेको अवस्था थियो । त्यसलाई नियन्त्रण गर्नुपर्छ, राजस्व उठाउनुपर्छ भनेर भन्ने कुरामा मैले आफूले आफ्ना कुराहरु अगाडि सार्देको हो, सहमति देको हो । त्यसपछि आएर के प्रमाण पु¥याएर अगाडि बढाएको छ । तपाईलाई नेपालको कानुनमा कसैलाई दोषी करार गर्नका लागि भन्दिए मात्र पुग्छ कि हुनुपर्छ । त्यसकारण भनिएको अवस्था हो, तपाईं त जहाँ गएपनि कान्तिपुरले अहिले…..

यति भन्दिनु न दोषी देखिए के गर्नुहुन्छ ?
दोषी देखियो भने त राजीनामा गर्नुपर्छ, अरु कानुनी कारवाही भोग्नुपर्छ । सजाय त अदातलाई सोध्ने । धनगढीमा पत्रकार सम्मेलन गरेर त्यहाँ मैले आफ्ना सबै कुरा राखेको छु । मैले सबै कुरा भनिदिएको छु, त्यही कारण एउटै कुरा १० पटक भन्नुपर्छ भन्ने जरुरी छैन । तपाईलाई त न्यूज छैन र अनि कान्तिपुर कान्तिपुर भन्या छ, विहानदेखि बेलुकासम्म एनसेललाई संरक्षण गर्ने न्यूज लेख्या छ । किन ग¥या भने वर्षको २० अर्बभन्दा बढी घोटाला गरेको छ भन्ने कुरा प्रमाणित भएको छ । अब त्यो घोटाला भएको के गर्दो हो त, घोटाला २० अर्बभन्दा बढी छ ।

तपाईलाई अघि मैले दोहोर्याए भने सिआईबीको रिपोर्टमा पनि अर्बौ रुपैयाँ घाटा भएको देखाएको छ । सुन्नुहोस्, संसारभरी सबै ठाउँमा नाफा हुने नेपालमा मात्रै नोक्सान हुने अनि टेरामक्स कल बाइपास गरेर खानेहरुका विरुद्ध नीति हो भनेर दोषी प्रमाणित गर्ने हो होइन् भनेर उल्टाउने हो भन्ने हो भने यो नियन्त्रण गर्ने विधी के हो ?

यत्रो प्रतिपक्षले आवाज उठाउँछ संसदमा किन आफ्ना कुरा नराख्नुभएको त ?
म मन्त्री हुँ । मैले बोल्ने मौका पाउँदा म बोल्छु । मैले मेरो तपाईजस्तो माइक्रोफोन बोक्ने ५५ जनाका पत्रकारका अगाडि बोलेको छु । घरघरमा आएर कहाँ दिन्छु त मैले ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ