गृहपृष्ठ ∕ समाचार ∕ मन्त्री पौडेलद्वारा बर्दघाटमा ट्रमा सेन्टरको शिलान्यास मन्त्री पौडेलद्वारा बर्दघाटमा ट्रमा सेन्टरको शिलान्यास हेल्थ आवाज सोमबार, २०८१ असोज १४ गते, १०:२४ मा प्रकाशित बर्दघाट- नवलपरासी बर्दघाट सुस्ता पूर्वको बर्दघाट २ चिसापानीमा ट्रमा सेन्टर निर्माण शुरु भएको छ । बन्न लागेकाे सेन्टरको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतवार शिलान्यास गरेका हुन् । संघिय सरकारकाे १२ करोड ३४ लाख अनुदानमा बन्न लागेकाे साे सेन्टर एक बिघा बढी क्षेत्रफलमा हुनेछ। १५ बेड क्षमताको भवन शिलान्यास गर्दै मन्त्री पौडेलले विशिष्टिकृत सेवाहरु विस्तार गर्ने सोच आफूहरुको रहेको बताए । उनले प्रदेशस्तरमा रहेका प्रादेशिक अस्पतालहरूबाट संघीय राजधानीमा उपलब्ध सेवाहरु विस्तार गर्ने प्रयास थालिएको दावी गरे । क्यान्सर उपचार सेवा सातै प्रदेशमा भएको उल्लेख गर्दै मन्त्री पौडेलले क्रमैसँग मुटु, मृगौलालगायतका उपचारहरूसमेत विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए । स्वास्थ्य बीमामा सुधार आफूहरुको प्राथमिकतामा रहेको भन्दै मन्त्री पौडेलले छरिएर हुने स्वास्थ्य क्षेत्रको खर्च एकीकृत गरेर स्रोत थपेर ५ लाख बराबरको स्वास्थ्य बीमा सुविधा दिन सकिने बताए । ‘आम नागरिकलाई सहज होस् भन्नका लागि बीमा सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौं,’ मन्त्री पौडेलले भने, ‘यसलाई सुधार्न सकियो भने सबै नागरिकलाई बीमामा आकर्षित गर्न सकिन्छ भन्ने विश्वास छ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति निर्वाचनमा घाइते सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार सरकारले गर्ने धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी ४ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ५ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति ६ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा ७ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान TFN ट्रेण्डिङ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त के र कति खाँदा स्वस्थ हुन्छ दर ? को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने थप ४ जनामा कोभिड पुष्टि स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त के र कति खाँदा स्वस्थ हुन्छ दर ? को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने थप ४ जनामा कोभिड पुष्टि स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ?