गृहपृष्ठ ∕ समाचार ∕ मन्त्री पौडेलद्वारा बर्दघाटमा ट्रमा सेन्टरको शिलान्यास मन्त्री पौडेलद्वारा बर्दघाटमा ट्रमा सेन्टरको शिलान्यास हेल्थ आवाज सोमबार, २०८१ असोज १४ गते, १०:२४ मा प्रकाशित बर्दघाट- नवलपरासी बर्दघाट सुस्ता पूर्वको बर्दघाट २ चिसापानीमा ट्रमा सेन्टर निर्माण शुरु भएको छ । बन्न लागेकाे सेन्टरको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतवार शिलान्यास गरेका हुन् । संघिय सरकारकाे १२ करोड ३४ लाख अनुदानमा बन्न लागेकाे साे सेन्टर एक बिघा बढी क्षेत्रफलमा हुनेछ। १५ बेड क्षमताको भवन शिलान्यास गर्दै मन्त्री पौडेलले विशिष्टिकृत सेवाहरु विस्तार गर्ने सोच आफूहरुको रहेको बताए । उनले प्रदेशस्तरमा रहेका प्रादेशिक अस्पतालहरूबाट संघीय राजधानीमा उपलब्ध सेवाहरु विस्तार गर्ने प्रयास थालिएको दावी गरे । क्यान्सर उपचार सेवा सातै प्रदेशमा भएको उल्लेख गर्दै मन्त्री पौडेलले क्रमैसँग मुटु, मृगौलालगायतका उपचारहरूसमेत विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए । स्वास्थ्य बीमामा सुधार आफूहरुको प्राथमिकतामा रहेको भन्दै मन्त्री पौडेलले छरिएर हुने स्वास्थ्य क्षेत्रको खर्च एकीकृत गरेर स्रोत थपेर ५ लाख बराबरको स्वास्थ्य बीमा सुविधा दिन सकिने बताए । ‘आम नागरिकलाई सहज होस् भन्नका लागि बीमा सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौं,’ मन्त्री पौडेलले भने, ‘यसलाई सुधार्न सकियो भने सबै नागरिकलाई बीमामा आकर्षित गर्न सकिन्छ भन्ने विश्वास छ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मानसिक स्वास्थ्य सम्बन्धी जनशक्ति थप गर्ने योजना अघि बढाइरहेका छौं… अदालतको फैसलापछि पनि जग्गा भोगचलन गर्न नपाएकी विपीकी स्त्री रोग… स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन स्वास्थ्य मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न ३ योग के हो ? यसका प्रकार र फाइदा ४ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ५ वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं ६ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ धुलिखेल अस्पतालमा २९ वर्षीया महिलाको मृत्यु कोरोनाबाट भएको पुष्टि स्वास्थ्य मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री अदालतको फैसलापछि पनि जग्गा भोगचलन गर्न नपाएकी विपीकी स्त्री रोग विशेषज्ञको पीडा योग के हो ? यसका प्रकार र फाइदा एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन धुलिखेल अस्पतालमा २९ वर्षीया महिलाको मृत्यु कोरोनाबाट भएको पुष्टि स्वास्थ्य मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री अदालतको फैसलापछि पनि जग्गा भोगचलन गर्न नपाएकी विपीकी स्त्री रोग विशेषज्ञको पीडा योग के हो ? यसका प्रकार र फाइदा एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन