२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यके र कति खाँदा स्वस्थ हुन्छ दर ?

के र कति खाँदा स्वस्थ हुन्छ दर ?


डा.अच्युत शाली घिमिरे, शिक्षण अस्पताल
नारीहरुको महान पर्व तीजको अघिल्लो दिन आज महिलाहरुले दर खाएर मनाउदैछन् । तीजमा निराहार व्रत बस्न अघिल्लो दिन विभिन्न परिकारका साथ दर खाने प्रचलन छ ।तर, पछिल्लो समय दर खाने नाममा अनेकौं बिकृति देखा परेका छन् । दरको नाममा स्वस्थ्यमा असर पर्ने खानेकुरा खाएर भोलिपल्ट निरहार व्रतले बस्नाले स्वास्थ्यमा फाइदा नगर्ने भएकाले यसबारे बिचार पु¥याउनुपर्छ ।

कति खाने ?
खाना खादा कहिल्यै पनि पेट टम्म भरिने गरेर खानु हुदैन। खाएको खानालाई राम्रोसँग पचाउन कठिन हुन्छ । पेटमा उब्जिने विभिन्न इन्जाइम,अम्लद्वारा खानालाई पच्न दिन समेत पेटलाई हल्का राख्नु पर्छ ।नत्र अपच, अम्लपित्त,ग्याष्ट्रिक,पेट दुख्ने सम्स्या निम्तिन सक्छ ।

के नखाने ?
सेतो भात, चिनी, अधिक नुन, डाल्डा घ्यू, तेलमा तारेको तथा भुटेको खाद्यपदार्थ खानु हुदैन । कृत्रिम रङ मिसाईएका, परिष्किृत गरिएका गरिएका,हाइब्रिड खानेकुरा समेत धेरै खानु हुदैन । माछा,मासु,अण्डा धेरै खानु हुन्न । माछा मासुसँग दूध दही खानु हुन्न । बासी खाने कुरा र एकपटक प्रयोग भएको तेलमा पकाएको खानेकुरा खानु हुदैन ।

कस्ता खानेकुरा खाने ?
स्वास्थ्य हुन हाम्रो आहारको भूमिकालाई मध्यनजर गर्दै तीजको दरमा समेत स्वास्थ्यकर खानेकुरा खानु पर्छ । स्थानीय,मौसम अनुकूलका,ताजा खानेकुरा, विष प्रयोग नभएका फलफूल र तरकारी खानु पर्दछ । भिटामिन,खनिज पदार्थ, पौष्टिक तत्व सहि मात्रामा मिलाएर खानु पर्दछ । पौष्टिक तत्व नष्ट हुन नदिन तेलमा तारेर भन्दा पनि बफाएर वा उमालेर खान सकिन्छ । पानी प्रशस्त पिउनुपर्छ ।
आजको दिन तीज मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीले दूध–घ्यूलगायतबाट बनेका परिकार दरका रुपमा खुवाउने गर्छन् । तर, सन्तुलित खाना उपर्युक्त समयमा खानुपर्छ । पचाउनै नसकिने अतिरिक्त खानाले पेट र सबै शरीरमा तनाब निम्त्याउछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ