२०८१ चैत्र ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशप्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता


विराटनगर- कोशी प्रदेश सरकार मातहतमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले १४ वटै जिल्लामा रहेको सरकारी हस्पिटलहरुमा ल्याब सेवा विस्तार गरेको छ ।

विराटनगर १४ मा रहेको प्रयोगशालाले कोशी प्रदेश भित्रको १४ जिल्ला अस्पताल र पाँच वटा नगर अस्पतालमा ल्याब सेवा विस्तार गरेको हो । अस्पतालबाट नमूना संकलनको लागि प्रयोगशालाले नेपाल क्यान मुभसँग आइतबार सम्झौता गरेको छ । सम्झौता अनुसार क्यानले जिल्ला अस्पताल र नगर अस्पतालहरुबाट नमूना संकलन गरेर प्रयोगशालासम्म ल्याउनेछ । त्यसपछि प्रयोगशालाले परीक्षण गरेर सम्बन्धित अस्पतालहरुमा रिपोर्ट पठाउने प्रणालीको विकास गरेको छ ।सम्झौता पत्रमा प्रयोगशालाको तर्फबाट नियुक्त कार्यालय प्रमुख प्रकाश चन्द्र कार्की र नेपाल क्यानको तर्फबाट विराटनगर शाखा प्रमुखमा सन्दिप तिम्सिनाले हस्ताक्षर गरेका छन् ।

सर्वसुलभ मुल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा १४ वटै जिल्ला भित्रका अस्पतालहरुमा पुर्याउनका लागि परेको कार्यालय प्रमुख प्रकाश चन्द्र कार्कीले बताए । यसअघि उक्त प्रयोगशालाको सेवा मोरङ भित्रका अस्पतालहरुमा मात्र सेवा प्रवाह गर्दै आएको थियो । कार्कीले कार्यालय प्रमुखको जिम्मेवारी पाएपछि १४ वटै जिल्ला भित्रका अस्पतालहरुमा सेवा विस्तार सुरू गरिनुका साथै मोरङ र सुनसरी जिल्ला भित्रका अस्पतालहरुसँग सम्झौता गरिएको उनले बताए ।विस्तारै १४ जिल्ला अस्पताल र ५ वटा नगर अस्पतालहरुमा पनि सम्झौता गर्ने उनले बताए ।

सम्झौता भएपछि अस्पतालमा नहुने परीक्षणहरु प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाउनेछन् । त्यसको लागि हामीले नेपाल क्यान सँग सम्झौता गरेका छौं । अस्पतालले नमूना संकलन दिएर क्यानलाई पठाउने छ । क्यानले नमूना ल्याएपछि हामी परीक्षण गरेर अनलाइनमार्फत रिपोर्ट सम्बन्धित हस्पिटलमा पठाउनेछौं,’ उनले भने, ‘प्रयोगशालामा आएको नमूना यहाँ हुदैन भनेर हामी कसैलाई पनि फर्काउने छैन । त्यसको लागि हामीले यहाँ परीक्षण नहुने टेस्टहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग पनि सम्झौता गरेका छौं ।’

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जनस्वास्थ्यसँग सम्बिन्धत र अस्पतालमा आधरिता सम्पूर्ण जाचँ हुने गरेको उनले बताए । यहाँ अत्याधुनिक उपकरणहरुबाट हजार बढी जाँच हुने गरेको छ । नेपाल क्यानको तर्फबाट विराटनगर शाखा प्रमुख सन्दिप तिम्सिनाले सन् २०१९ मा स्थापना भएको क्यानको ७७ वटै जिल्लामा शाखा कार्यालयहरुबाट होम डेलिभरी सेवा दिदै आएको बताए । प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग सम्झौता गरेपछि छिटो र छरितो तरिकाले मानव जैविक नमुनाहरु संकलन गरि तोकिएको मापदण्ड अनुसार सुरक्षित ढुवानि गर्ने बताए ।

कार्यक्रममा बोल्दै कोशी प्रदेशको स्वास्थ्य मन्त्री भुपेन्द्र राईले प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सस्तोमा गुणस्तरीय सेवा दिदै आएको प्रदेशका सबै नागरिकसम्म पुर्याउनुपर्ने बताए । अहिले पनि धेरै नागरिकले प्रदेशले जनस्वास्थ्यले प्रभावह गर्ने सेवाबारे अनविज्ञ रहेको जानकारी दिदै मन्त्री राईले स्वास्थ्य जनचेतना फैलाउन जरुरी रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा विस्तार १४ वटै जिल्लामा पुर्याउन मन्त्रालयले सबै प्रकारको सहयोग गरेर अगाडी बढने बताउदै प्रदेशले प्रदान गर्ने सेवा गुणस्तरीय र भरपर्दो सेवा प्रदान गरिनुपर्नेमा उनले जोड दिइन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ