२०८२ वैशाख २१, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर

डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर


काठमाडाै- नारायणी अस्पताल वीरगञ्जका तत्कालीन मेडिकल सुपरीटेन्डेन्ट डा संजय कुमार ठाकुर सहित ९ जना विरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सो अस्पतालको मेसु हुँदा आकस्मिक कक्ष भवनको ठेक्कामा मिलेमतो गरी राज्यलाई हानि नोक्सानी गरेको भन्दै मुद्दा दायर गरेको हो ।

उनि सहित शहरी विकास तथा भवन कार्यालय पर्साका सिभिल इन्जिनियर राजेन्द्र साहा र कसुर अन्सारी, वीरगञ्ज अस्पतालका तत्कालीन नायव शुब्बाहरु शुशिल प्रसाद यादब र लेखापाल सुदिप कुमार माझी लाई विगो सहित मुद्दा दायर गरीएको छ ।

डा ठाकुरलाई १ करोड ८४ लाख ३८ हजार ४ सय अठचालीस जरीवाना तथा विगो दावी गरीएको छ । अन्य शहरी विकासका इन्जिनीयर द्धयलाई १ करोड ८४ लाख ३८ हजार ४ सय अठचालीस र नासु तथा सहलेखापाल यादव र माझीलाई १ करोड ८४ लाख ३८ हजार ४ सय अठचालीस विगो माग गरीएको छ ।

त्यसैगरी मुल्यांकन समिति संयोजक डा विरेन्द्र बहादुर प्रदान र सदस्य सचिव माधवी चौधरीलाई विगो तोकिएको छैन तर कैद र जरीवाना माग गरिएको छ । त्यस्तै मिसन कन्ट्रक्सन एण्ड सप्लायर्स प्रलीका जगत बुढा, लुम्विनी मिसन जेभीका बिष्णु प्रसाद शर्मा विरुद्ध पनि मुद्दा दायर भएको अख्तियारले विज्ञप्तीमा उल्लेख गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ