काठमाडौं—आगामी शनिबारबाट काठमाडौंमा सुरु हुन गइरहेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको पाँचौं अधिवेशनबाट नेतृत्व लिन चार जना स्वास्थ्यकर्मीले दावी गरेका छन् ।
आगामी कार्यकालमा नेतृत्वका लागि वर्तमान अध्यक्ष डा. झलक शर्मा र उपाध्यक्षहरु जगत नेपाली, भिमराज सिंह र रामहरि ढकाल दाबेदार रहेका छन् ।
नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको महासंघको नेतृत्वको लागि सबै अध्यक्षका आकंक्षीहरु प्रतिनिधीहरुलाई रिझाउनेदेखि नेताहरु भेटेर आफ्नो पक्षमा माहोल सिर्जना गर्नका लागि लबिइङ गरिरहेका छन् ।
स्वास्थ्यसँग सम्बन्धित आठ ओटा संगठनको छाता संगठन रहेका कारण यसमा पार्टीको पनि प्रत्यक्ष चासो रहने गर्छ ।
वर्तमान अध्यक्ष डा. शर्माले संगठन ठूलो भएको र आफूले संगठनमा काम गर्न समय दिन सक्ने हुँदा आउँदो कार्यकालका लागि आकांक्षी भएको बताए ।
अर्का, आकांक्षी जगत नेपालीले आफू उपाध्यक्ष रहेकोले आफ्नो उँमेदवारी स्वभाविक रहेको बताए । उनले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको हकहितको लागि पर्ने बताए ।
नेतृत्वका लागि दाबेदार रहेका उपाध्यक्ष भिमराज सिंहले महाधिवेसनका प्रतिनिधीहरुको आकांक्षाअनुसार आफूले अध्यक्षको दावेदारी प्रस्तुत गरेको जानकारी दिए ।