२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षका चार जना आकांक्षी

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षका चार जना आकांक्षी


काठमाडौं—आगामी शनिबारबाट काठमाडौंमा सुरु हुन गइरहेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको पाँचौं अधिवेशनबाट नेतृत्व लिन चार जना स्वास्थ्यकर्मीले दावी गरेका छन् ।

आगामी कार्यकालमा नेतृत्वका लागि वर्तमान अध्यक्ष डा. झलक शर्मा र उपाध्यक्षहरु जगत नेपाली, भिमराज सिंह र रामहरि ढकाल दाबेदार रहेका छन् ।

नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको महासंघको नेतृत्वको लागि सबै अध्यक्षका आकंक्षीहरु प्रतिनिधीहरुलाई रिझाउनेदेखि नेताहरु भेटेर आफ्नो पक्षमा माहोल सिर्जना गर्नका लागि लबिइङ गरिरहेका छन् ।

स्वास्थ्यसँग सम्बन्धित आठ ओटा संगठनको छाता संगठन रहेका कारण यसमा पार्टीको पनि प्रत्यक्ष चासो रहने गर्छ ।

वर्तमान अध्यक्ष डा. शर्माले संगठन ठूलो भएको र आफूले संगठनमा काम गर्न समय दिन सक्ने हुँदा आउँदो कार्यकालका लागि आकांक्षी भएको बताए ।

अर्का, आकांक्षी जगत नेपालीले आफू उपाध्यक्ष रहेकोले आफ्नो उँमेदवारी स्वभाविक रहेको बताए । उनले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको हकहितको लागि पर्ने बताए ।

नेतृत्वका लागि दाबेदार रहेका उपाध्यक्ष भिमराज सिंहले महाधिवेसनका प्रतिनिधीहरुको आकांक्षाअनुसार आफूले अध्यक्षको दावेदारी प्रस्तुत गरेको जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ