काठमाडौं—नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. अजय शाह निर्वाचित भएका छन् । आइतबार विहान आएको मतगणनाको अन्तिम परिणामअनुसार उनी प्रतिद्वन्द्वी डा. अच्युत भट्टलाई १०२ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
डा. शाहले ७८२ मत ल्याउँदा डा. भट्टले भने ६८० मत प्राप्त गरे । यसैगरी, उपाध्यक्षमा डा. दिलिप प्रजापति ७९२ मतका साथ निर्वाचित भए । प्रतिद्वन्द्वी डा. विधान श्रेष्ठले ६५८ मत ल्याए ।
यस्तै, महासचिवमा डा. प्रदीप भण्डारी ७७६ मत ल्याएर विजयी भए भने डा. सिमान्त लामिछाने ६८३ मत ल्याएर पराजित भए ।
कोषाध्यक्षमा डा. लोकेश बर्मा ८८२ मतका साथ निर्वाचित हुँदा डा. यस्टिका श्रेष्ठ ५९८ मत प्राप्त गरेर पराजित भइन् । उपसचिवमा डा. दीपक शर्मा सर्वसम्मत निर्वाचित भए ।
सदस्यहरुमा म्यान अफ द इलेक्सन बनेका डा. भुमेष काफ्लेले सबैभन्दा बढी ९८८ मत पाए । यसैगरी, अन्य सदस्यहरुमा डा. शिरिषचन्द्र रेग्मी ९३० मत, डा. इशु घिमिलेर ७२१ मत, डा. सन्जय रञ्जित ६७२ मत र डा. बिजिता मण्डलले ५०२ मत र डा. जुनैद हुसेन ४७३ मतका साथ निर्वाचित भए ।