२०८२ भदौ १९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको रिक्त रजिष्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिष्ठान ऐन २०६८ तथा मन्त्रालय मातहतका निकायका पदाधिकारीको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ बमोजिम प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायाले गरेको सिफारिसका आधारमा महतलाई नियुक्त गरेका हुन् ।

चन्दननाथ नगरपालिका—१० बोहरागाउँका महत कर्णालीकै वौद्धिक, शालीन र अनुभवी व्यक्तिका रूपमा परिचित छन्। हाल त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि अध्ययनरत महतको शोधकार्य जनस्वास्थ्यसँग सम्बन्धित छ। उनले वि.सं. २०७७ सालदेखि घरायसी खानेपानी, सरसफाइ तथा स्वच्छता ९ध्ब्क्ज्० सेवा र त्यसको पानीजन्य रोगसँगको सम्बन्ध विषयमा अनुसन्धान गरिरहेका छन्।

उनले २०५७ सालमा स्नातकोत्तर तथा २०६९ सालमा एमफिल पूरा गरेका थिए। विगत साढे दुई दशकदेखि नेपाल सरकारका विभिन्न द्विपक्षीय तथा बहुपक्षीय परियोजना र कार्यक्रममा व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका महत पछिल्ला वर्षहरूमा संयुक्त राष्ट्रसंघ र यूएसएआईडीका परियोजनामा क्षमता विकास तथा प्रशिक्षण विशेषज्ञको रूपमा कार्यरत थिए।

नीति अनुसन्धान, परियोजना व्यवस्थापन र संस्थागत क्षमता विकासका क्षेत्रमा विशेष दक्षता हासिल गरेका महतको अनुभव र नेतृत्वले प्रतिष्ठानलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ