२०८२ पुस ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री र विश्व स्वास्थ्य संगठनका प्रमुखबीच नयाँदिल्लीमा भेटवार्ता

स्वास्थ्यमन्त्री र विश्व स्वास्थ्य संगठनका प्रमुखबीच नयाँदिल्लीमा भेटवार्ता

डा. टेड्रोसद्वारा नेपालले स्वास्थ्य क्षेत्रमा देखाएको उच्च प्रतिबद्धता र प्राथमिकताको प्रशंसा


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस भेटवार्ता भएको छ । शुक्रबार नयाँदिल्लीमा डा. शर्मा गौतम र डा डा. टेड्रोसबीच महत्वपूर्ण भेटवार्ता भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भेटमा नेपालको मानसिक स्वास्थ्य सेवाको सुदृढीकरण, प्रजनन स्वास्थ्य, आप्रवासरी स्वास्थ्य, स्वास्थ्य बीमा र औषधी खरिद तथा व्यवस्थापन प्रणाली सुधारका विषयमा छलफल भएको थियो ।

‘भेटका अवसरमा माननीय मन्त्रीज्यूले नेपालमा मानसिक स्वास्थ्य सेवाको सुदृढीकरण, प्रजनन स्वास्थ्य, आप्रवासी स्वास्थ्य, स्वास्थ्य बीमा, र औषधि खरिद तथा व्यवस्थापन प्रणालीमा सुधार ल्याउन सरकारले चालेका कदमहरूबारे विस्तृत छलफल गर्नुभयो,’ मन्त्रालयले भनेको छ ।

महानिर्देशक डा. टेड्रोसले नेपालले स्वास्थ्य क्षेत्रमा देखाएको उच्च प्रतिबद्धता र प्राथमिकताहरूको प्रशंसा गरेका थिए । उनले नेपालको स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउन र तय गरिएका लक्ष्यहरू प्राप्त गर्न विश्व स्वास्थ्य संगठनको तर्फबाट निरन्तर प्राविधिक तथा रणनीतिक सहयोग रहने आश्वासन समेत दिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ