२०८२ फागुन १०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारन्याम्सका रेजिडेन्ट चिकित्सकहरु आन्दोलित, आकस्मिकबाहेकका स्वास्थ्य सेवाबाट फिर्ता हुने

न्याम्सका रेजिडेन्ट चिकित्सकहरु आन्दोलित, आकस्मिकबाहेकका स्वास्थ्य सेवाबाट फिर्ता हुने


काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का रेजिडेन्ट चिकित्सकहरु आन्दोलित भएका छन् । आइतबार न्याम्सका रेजिडेन्टहरुले एक घण्टा धर्ना दिएर आन्दोलन सुरु गरेका हुन् ।

न्याम्स र रेजिडेन्ट एशोसिएसन अफ न्याम्स (र्‍यान)बीच पाँच महिनाअघि भएको सहमति कार्यान्वयन नभएपनि रेजिडेन्ट चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । ‘आइतबार हामीले एक दुई घण्टा धर्नाको कार्यक्रम राख्यौं,’ ¥यानका अध्यक्ष डा. प्रकाश खरेलले भने, ‘भोलिसम्म माग पूरा नभए आकस्मिक र अन्तरंग बाहेकका सेवा बहिष्कार गर्छौ ।’

गत असोजमा र्‍यानले गरेको आन्दोलनका क्रममा न्याम्ससँग निर्वाह भत्ता र नाइट ड्युटी भत्ता समयमै उपलब्ध गराउने, ओपीडी समयले रेजिडेन्ट डाक्टरहरुको कक्षा तालिका र खाजा समय असर नपर्ने गरी मिलाउने, रेजिडेन्टहरुको हेल्थ इन्स्युरेन्स गर्ने, लाइबेरी समयअनुकूल आधुनिकीकरण र व्यवस्थित गराउनेदगायतका सहमति भएको थियो ।

तर, लामो समय बितिसक्दा पनि न्याम्सका पदाधिकारीले सहमति कार्यान्वयन नगरेपछि रेजिडेन्टहरु आन्दोलनमा उत्रिएका हुन् । ‘र्‍यानमा नयाँ समिति आएपछि यो समस्या समाधान गर्न पहल गरेका थियौं । २६ माघमा डिन अफिसमा बैठक गर्न निवेदन दिएपनि कारवाही नभएपछि रेजिडेन्ट स्वतस्फूर्त आन्दोलनमा उत्रिएका छौं,’ अध्यक्ष खरेलले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ