२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोविड तयारीः टेकु अस्पतालमा आइपुगे १० बटा मोवाइल भेन्टिलेटर

कोविड तयारीः टेकु अस्पतालमा आइपुगे १० बटा मोवाइल भेन्टिलेटर


काठमाडौ– सम्भावित कोविड १९ संक्रमितहरुको उपचारकोलागि निक साइमनले नेपाल सरकार मार्फत शुक्रराज सरुवारोग तथा ट्रपिकल अस्पताल टेकुलाइ १० बटा मोवाइल भेन्टिलेटर उपकरण उपलब्ध गराएको छ ।

शुक्रवार साझ ति भेन्टिलेटर आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थय आपतकालिन कार्यासंचालन केन्द्रका प्रमुख शागर दाहालले बताए । साइमनले मोवाइल भेन्टिलेटर सहित १ हजार थान पर्सनल प्रोटेक्सन इक्युप्मेन्ट(पिपीई) पनि उपलब्ध गराएको छ ।

नेपालमा भेन्टिलेटरको संख्या कम भइरहेको वेला साइमनले मोवाइल भेन्टिलेटर उपलब्ध गराएको हो ।

सरकारले काेविड १९ का कारणा हुन सक्ने सम्भवित संक्रमितकाे आकलन गरी टेकु अस्पतालमा ४०, वीर, पाटन, शशस्त्र र वपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी १ सय २० आइसियु थप्ने निर्णय गरेकाे छ । जसकालागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६३ कराेड रूपैया प्रस्ताव गरेकाे छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ