काठमाडौं—बाराको परवानीपुरस्थित एल.एस. न्युरो एण्ड जनरल अस्पतालले वार्षिक कारोबार २१ करोडमाथि पुगेको छ । अस्पतालको फाइनान्सियल तथ्यांकअनुसार सन् २०२५ मा अस्पतालले २१ करोड ४० लाख रुपैयाँ (अपरिष्कृत) बढीको कारोबार गरेको छ ।
अस्पतालले सन् २०२४ मा २६ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो । यस्तै, सन् २०२३ मा २६ करोड ८० लाख रुपैयाँको कारोबार थियो ।
१०० शय्याको एल.एस. न्युरो एण्ड जनरल अस्पताल सन् २०१७ स्थापना भएको हो । अस्पतालले अन्तरंग, बहिरंग, आईसीयुलगायतका सेवाहरु सञ्चालन गर्दै आएको छ ।
अत्याधुनिक निजी अस्पताल रहेको एल.एस.मा २४ सैं घण्टा इमर्जेन्सी र ट्रमा केयरको सुविधा समेत छ । यस्तै, अस्पतालले डाइग्नोष्टिक एण्ड ल्याब्रोटोरी, न्युरो, जनरल मेडिसिन, जनरल सर्जरी, अर्थोपेडिक्स, स्त्री तथा प्रसूति र बाल रोगका सेवाहरु उपलब्ध गराउँदैं आएको छ ।
रामप्रसाद प्रभास कुर्मी अध्यक्ष रहेको यो अस्पतालले बारा जिल्लाको परवानीपुरमा आफ्नै पृथक ब्राण्ड बनाएको छ । अध्यक्ष कुर्मीको स्वास्थ्यसँगै कन्स्ट्रक्सन र शिक्षा क्षेत्रमा पनि लगानी रहेको छ ।