२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविश्व९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ

९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ


विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एड्हनम गेहब्रेयससले ओमिक्रोन भेरियन्टका कारण विश्वभर ९ करोडभन्दा बढी मानिस संक्रमित भएको बताएका छन् । उनले ९ करोडभन्दा बढी मानिस संक्रमित भैसकेको बताउँदै यस भेरियन्टलाई हल्कामा नलिन आग्रह गरेका छन्।

उनले मंगलबार भने, ‘९ करोड संक्रमित हुनु भनेको सन् २०२० मा विश्वमा कुल संक्रमित भन्दा बढी हो। १० सातामा यति धेरै मानिस संक्रमित भए।’ धेरै देशहरूले नागरिकहरूको दबाबमा कोभिड नियमहरू सहज बनाउँदै लगेकोले संक्रमण झनै वृद्धि भैरहेको उनको भनाइ छ।

प्रमुख डा. टेड्रोसले नयाँ भेरियन्टका कारण धेरै देशमा मृत्यु हुनेको संख्या बढ्नुको साथै उप प्रजाती बीए.२ ५७ देशमा पुगिसकेको जनाए। भेरियन्टको संक्रमण दर ओमिक्रोनका अन्य दुई भेरियन्टको भन्दा बढी छ।

हाल विश्वमा कुल संक्रमित ३८ करोड १८ लाखभन्दा बढी रहेको छ। त्यस्तै, ३० करोड १५ लाखभन्दा बढी मानिस निको भैसकेका छन्। ५७ लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेको तथ्यांकले देखाएको छ।

-एजेन्सी


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ