२०८२ चैत्र १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र

हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाले हेलो सरकारबाट प्राप्त हुने गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न मातहतका निकायलाई पत्राचार गरेको छ । बुधबार स्वास्थ्य सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले मातहतका ४६ निकायलाई हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोकेर पठाउन परिपत्र गरेको हो ।

मन्त्रालयले सरकारको एक सय कार्यसूचीहरुमध्ये २५ नम्बरमा रहेको हेलो सरकारलाई स्तरोन्नती गरी नागरिक सरकारको प्लेटफर्मको रुपमा विकास गर्ने तथा एकीकृत ड्यासबोर्डमार्फत सबै मन्त्रालयसँग प्रत्यक्ष समन्वय गरी गुनासो समाधानको प्रगति रियल टाइममा अनुगमन गर्ने नीतिअनुसार फोकल पर्सन तोक्ने निर्देशन दिएको हो ।

मन्त्रालयले फोकल पर्सन तोकेर मन्त्रालयमा नाम पद, सम्पर्क नं. र इमेल ठेगनासहित पठाउन भनेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ