२०८३ वैशाख २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमाले अध्यक्ष ओलीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सकियो

एमाले अध्यक्ष ओलीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सकियो


काठमाडौं– नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरीको शल्यक्रिया सकिएको छ । सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ओलीको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।

ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी देखिएको थियो । ओलीको शल्यक्रिया सफल भएको र उनलाई शल्यक्रिया कक्षबाट वार्डमा सार्ने तयारी भइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

ओलीको शल्यक्रिया वरिष्ठ ग्यास्ट्रो सर्जन प्रा. डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोली संलग्न थियो ।

अस्पतालले केही समयमै प्रेस नोट जारी गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ