२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररेडियोधर्मी विधेयक : स्वास्थ्यमा के असर पर्ला ?

रेडियोधर्मी विधेयक : स्वास्थ्यमा के असर पर्ला ?


काठमाडौं-रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,०७५ ले स्वास्थ्य क्षेत्रमा पर्ने प्रभावबारे चर्चा सुरु भएको छ । यसअघि सरोकारवालासँग छलफल नगरी विभिन्न विधेयक ल्याउँदा विवादमा तानिएको सरकारले पारमाणिक तथा रेडियोधर्मी पदार्थ सम्बन्धी विधेयकबारे पनि सम्बन्धित विज्ञसँग आवश्यक परामर्श गरेको छैन् ।

संसदमा दर्ता गरिएको यस विधेयकबारे शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा पहिलो पटक बिहिवार छलफल भएको छ । उक्त छलफलमा बोल्दै मन्त्री शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्यलगायतका केहि क्षेत्रहरुमा प्रविधिको उपयोग भैरहेकोले डराउनु नपर्ने जिकिर गरे । ‘स्वास्थ्य, कृषि तथा पशुविज्ञानमा प्रयोग भैरहेको छ । यस सम्बन्धी प्रभावशाली ऐन चाहिएकोले ल्याउन लागिएको हो,’ उनले भने ।

के हो रेडियोधर्मी पदार्थ

अल्फा कण,  विटा कण,  एक्सरे वा गामा—रे जस्ता विकिरण सिर्जना गर्ने पदार्थलाई नै रेडियोधर्मी पदार्थ भनिन्छ । आयनिकृत विकिरण सिर्जना गर्ने साधन (रेडियसन जेनेरेटर), रेडियोधर्मी स्रोत तथा रेडियोधर्मी पदार्थ नै विकिरणका स्रोत मानिन्छन् ।

स्वास्थ्यमा असर 

रेडियोधर्मी स्रोतको प्रयोग गर्दा विकीरणजन्य हानी नोक्सानीको जोखिम हुन्छ । समितिकी सदस्य चित्रलेखा यादव भन्छिन्, ‘स्वास्थ्य जाँचमा उपयोग हुने एमआरआई, सिटिस्क्यानको उपयोग क्रिटिकल अवस्थामा मात्र गर्नुपर्छ । बढी कमाउने लोभमा यस खालका प्रविधिको उपयोग गर्दा स्वास्थ्यमा अहित गर्छ ।’

रेडियोधर्मी स्रोतको दुरुपयोग भए/नभएकोबारे नियमनकारी निकाय प्रभावकारी हुनुपर्ने उनले बताइन् । रोगको पहिचान एवं निको पार्न सहयोग पुग्ने उपकरणले विकीरणजन्य जोखिम उत्पन्न गर्ने भय रहन्छ ।

विज्ञान तथा प्रविधि सचिव कृष्णराज विसीले रोगको निदानको लागि रेडियोधर्मी उपकरणले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ