अस्पताल पस्नुअघि पस्छ मनमा त्रास
अरुलाई बचाउन नि चाहिन्छ आफू बच्ने आश
सेवा नै धम हो, यही मेरो मन्त्र
डाक्टरको पीपीई नेता लाउँछन्, कस्तो गणतन्त्र ।
युद्ध छ संसार, शुन्य सबको साहस
शत्रु चाहिँ सबको एउटै, त्यही नदेखिने भाइरस
न औषधी न भयाक्सिन छ, ल्याइसक्यो लाखौं काल
साबुन–पानी, सुरक्षा कवच नै हो हाम्रो ढाल ।
यस्तै त धकेल्नुपर्ने थोत्रो गाडीजस्तो थियो देश
देशजस्तै अस्पतालको नि उस्तै थियो ताल
महामारीले देखाइदियो सबैलाई आ–आफ्नो असली हाल
सरकारदेखि नेतासम्म छर्लङगै भो चाल ।
दाजुभाइ दिदीबहिनी भैहाल्नुपर्दैन निराश
हाम्रो देश चाहिँ महामारीबाट बच्ने नै छ आश
विश्वास गरौं आशा गरौं हामीले बोलेको
झाक्री, डाक्टर हामी भन्छौं ‘गो कोरोना गो’ ।