२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सदाँत र गिजाका कारण पनि मुटुजन्य समस्या हुन्छ

दाँत र गिजाका कारण पनि मुटुजन्य समस्या हुन्छ


‘कार्डियोभास्कुलर रोग अमेरिकामा पुरुष तथा महिलाको मृत्युको मुख्य कारक हो,’ कोलम्बियाकी चिकित्सक जेनिफर ह्याथी भन्छिन् । कोलम्बियाकै वुमिन सेन्टर फर कार्डिओभास्कुलर हेल्थकी सह निर्देशक समेत रहेकी उनी भन्छिन, ‘दीर्घायु बाँच्न चाहनेले मुटुको रक्षा गर्नुपर्छ ।’
डा जोनिफरका अनुसार हाम्रो मुटु एउटा मांशपेशी भएकोले अन्य मांशपेशीलाई जस्तै यसलाई पनि यसलाई आकारमा राख्नु आवश्यक छ । ‘मुटु तपाईको न्युरोलोजिक प्रणालीसँग पनि सम्बन्धित छ ।’ उनी भन्छिन, ‘तसर्थ तपाईको मुड र स्ट्रेस लेभलले तपाईको मुटुमा गहिरो प्रभाव पार्छ ।’ मुटुसम्बन्धित उनका टिप्सः

व्यायायम गरः जेनिफरलाई दौडन मन पर्छ । उनी नियमित दौडन्छिन । भन्छिन, ‘सातामा चार पाँच पटक मुटुसँग सम्बन्धित व्यायायम मेरो जीवनको अंश नै हो ।’ उनी भन्छिन् । त्यसो त आफ्नो मुटुको रक्षाको लागि धावक नै बन्न त आवश्यक छैन । अमेरिकी हार्ट एसोशियसनले सबै बयस्क प्रति साता १५० मिनेट हिड्नुपर्ने सुझाब दिएको छ । यदि यो सम्भव नभए दर्गुर्ने, साईकल चढाउने वा पौडी खेल्नुपर्ने बताएको छ ।

सागसब्जी तथा माछा
जोनिफर नियमित जसो सागसब्जी र माछा खानुपर्ने बताउछिन् । हरेक दुई सातामा एक पटक माछा खानुपर्ने उनको सुझाब छ । त्यस्तै जैतुनको तेल, चिकेन, फलफुल , बदाम पनि खानुपर्ने उनको भनाई छ । तर कहिलेकाही फ्राई गरिएको खानेकुरा र पिजा पनि खान सकिने उनको भनाई छ ।

मस्तसँग सुत्ने
जेनिफर हरेक रात ७ घन्टा सुत्नुपर्ने बताउछिन । कहिलेकाही यस्तो सम्भव नहुने समेत उनी स्वीकार्छिन । जर्नल अफ दी अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशित एक अध्ययन अनुसार थोरै निन्द्रा वा अत्यधिक सुताईका कारण बयस्कहरुमा ह्दघातको उच्च सम्भावना हुन्छ । अध्ययन अनुसार दैनिक ६ घन्टा भन्दा कम सुत्ने मानिसलाई ह्दयघातको २० प्रतिशत सम्भावना हुन्छ । त्यसैगरी, ९ घन्टा भन्दा बढी सुत्नेलाई ह्दयघातको ३४ प्रतिशत सम्भावना हून्छ । ‘हाम्रो मुटुको स्वाथ्यको लागि निन्द्रा अपरिहार्य छ । सुताईसँगै तपाईको रक्तचाप र मुटुको चाल घट्छ । ’ उनी भन्छिन् ।

ध्यान गर्नुहोसः ध्यान मुटुलगायत शरिरका रोग निदानका लागि अचूक उपाय मानिन्छ । जेनिफर स्वयंम पनि दैनिक २० मिनेट ध्यान गर्छिन । ‘ध्यानले मुटुको चाल र रक्तचाप घटाउछ, जुन मुटुका लागि उपर्युक्त मानिन्छ ।,’ उनी भन्छिन् । चकटीमा मात्र बसेर ध्यान गर्न सम्भव नभए पकाउदा, हिड्दा वा नुहाउदा पनि ध्यान गर्न सकिने उनको सुझाब छ ।

दातको पनि उपचार गर्नुहोस
मुटुको स्वास्थ्यबारेमा सोच्दा तपाईले यसलाई दात तथा गिजाँबारे सोच्नुहुन्न होला । तर डा. जेनिफरका अनुसार दात तथा गिजाँको समस्या मुटुसँग पनि जोडिएको छ । ‘दाँतको समस्या मुटुजन्य रोगको पूर्व संकेत हो । तसर्थ, मैले वर्षको दुई पटक दाँत सफा गर्छु,’ उनी भन्छिन । सन् २०१८ को एक अध्ययन अनुसार दिनमा कम्तिमा एक पटक दाँत नमाज्ने व्यक्तिमा नियमित माज्नेमा भन्दा मुटु रोगको जोखिम तीन गुणा बढी देखिएको थियो । कम्तिमा दुई मिनेट दाँत माज्नुपर्ने उनको सुझाब छ ।

कोलम्बियाली चिकित्सक ह्याथीको एमएसएन डटकममा प्रकाशित लेखको अनुवाद


क्याटेगोरी : टिप्स, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ