२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यके फेस मास्कले कोरोना संक्रमणबाट बचाउन सक्छ ? कोभिड–१९ बारेका दाबीहरु

के फेस मास्कले कोरोना संक्रमणबाट बचाउन सक्छ ? कोभिड–१९ बारेका दाबीहरु


दाबीः फेस मास्क प्रभावकारी नहुने

फेस मास्क लगाउँदैमा तपाईं बिरामी हुनुहुन्न भन्ने हुँदैन । एरोसेल भनिने मास्कका साना कणहरुबाट भाइरस आँखाको माध्यमबाट पनि सर्न सक्दछ । यद्यपी, मास्कले संक्रमण सार्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ड्रपलेस नियन्त्रणमा भने मद्धत गर्दछ । केही अध्ययनहरुले अनुमान गरेअनुसार सुरक्षा दिने सन्दर्भमा मास्क लगभग पाँच गुणा अनुचित रहेको छ । (तुलनात्मक रुपमा अन्यमा यसको प्रभावकारिता कम देखिएको छ ।)

यदि तपाई कोही संक्रमित व्यक्तिसँगको समीपको सम्पर्कमा हुनुहुन्छ भने मास्कले त्यस्तो अवस्थामा भने संक्रमणबाट बच्न केही हदसम्म मद्धत गर्छ । यदि तपाईंमा कोरोनाको संक्रमण देखा परेको छ वा तपाईंमा कोरोना भाइरसको पुष्टि भएको छ भने त्यस्तो अवस्थामा पनि यसको प्रयोग प्रभावकारी रहन्छ । मास्क संक्रमित बिरामी हेरिरहेका व्यक्ति, समूह तथा बिरामी स्याहार्न पर्ने व्यक्तिको परिवार सदस्यलाई आवश्यक पर्दछ । यसर्थ समग्रमा भन्नुपर्दा मास्क बिरामी तथा बिरामी स्याहारमा खटिएका दुवै पक्षलाई आवश्यक पर्दछ ।

विशेषगरी मास्कको आवश्यकता यदि तपाई कुनै भिडभाडमा जानुहुन्छ या तपाईं बसजस्ता सार्वजनिक यातायातमार्फत यात्रा गरिरहनु भएको छ भने त्यस्ता अवस्थामा आवश्यक पर्दछ ।

दाबीः यो एक घातक तनावमा परिवर्तित हुने

प्रत्येक भाइरसहरु कालान्तरमा एकै ठाउँमा थुप्रिदा त्यो पनि कोभिड–१९ को कारक तत्व बन्न पुग्दछ । भाइरसले कसरी समस्याको रुप लिन्छ भन्ने कुरा प्राकृतिक चयनमा पनि भर पर्दछ । उक्त संक्रमण द्रुत तथा प्रभावकारी रुपमा शरीरमा फैलन्छ । यो भाइरसका कारण डराई हाल्नुपर्ने अवस्था छैन भनिएतापनि यसले तीव्र रुपमा व्यक्तिहरुको मृत्यु गराइरहेको छ । यहाँसम्म कि यस रोगबाट संक्रमित भइसकेपछि व्यक्ति यताउता चल्न समेत असक्षम रहन्छन् ।

चिनियाँ वैज्ञानिकले वुहान तथा अन्य सहरबाट लिइएको १ सय ३ नमुना परीक्षणद्धारा गरिएको वशांणुगत विश्लेषणअनुसार प्रारम्भिक रुपमा विशेषगरी एल तथा एस गरी दुई प्रकारका स्ट्रेनहरु उत्पन्न हुन्छ । जसअन्र्तगत तुलनात्मक रुपमा एल स्टे«ेन अधिकांश व्यक्तिमा देखा परेको थियो । (यस भाइरसका करिब ७० प्रतिशत नमुना यसअघिका केहि पूर्खाहरुमा पनि देखा परेको थियो ।)

यस अनुसन्धानमा संलग्न अनुसन्धानकर्ताले जनाएअनुसार एल स्ट्रेन घातक हो । यो शरीरमा तीव्र गतिमा प्रसारण हुन्छ । यो अनुमानित चरण पनि हो । यसको लक्षणबाट व्यक्ति प्रत्यक्ष रुपमा प्रभावित हुन्छन् या हुँदैनन् भन्ने कुनै ठोस तुलना भने गरिएको छैन ।

दाबीः यो विन्टर फ्लुभन्दा बढी घातक छैन

कोरोनाबाट संक्रमित अधिकांश व्यक्तिको अनुभवलाई हेर्ने हो भने उनीहरुमा विन्टर फ्लुकै लक्षणहरु देखा परेको पाइन्छ । तर, रोगका कारण भएको मृत्युदरको समग्रता हेर्ने हो भने यसको अवस्था गम्भीर देखिन्छ । यसको प्रारम्भिक मृत्युदरलाई नियाल्ने हो भने यसले धेरैको ज्यान लिनुका साथै अधिकांश केशहरु नजरअन्दाज (मिस) हुन सक्ने अनुमान गर्न सकिन्छ । चीनमा अन्तर्राष्ट्रिय मिसन सम्हालेका डब्लूएचओका विज्ञ ब्रुस एलवार्डले भने चीनबाट ‘भाइरस र राष्ट्रको जिम्मेवारी’ विषयमा ज्ञान हासिल गरेको बताउँछन् ।

तर, उनी कोभिड–१९ को सन्दर्भमा भने यसो नभएको बताउँछन् । ‘प्राप्त प्रमाणले हामीले बाहिरी आवरणमा मात्रै ध्यान दिएको प्रस्ट हुन्छ;‘ उनले भने । यस सम्बन्धि थप परीक्षण गरेको खण्डमा करिब १ प्रतिशत मृत्युदर वर्तमान अनुमानमा सहि छन् भन्ने समेत स्पष्ट हुन्छ । मौसमी फ्लुभन्दा घातक रहेको यस कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्याको क्रम हेर्ने हो भने यसले विश्वमा २ लाख ९० हजारदेखि साढे ६ लाखसम्मको मृत्यु गराउन सक्ने अनुमान गरिएको छ ।

दाबीः यसले वृद्धहरुलाई मात्रै मृत्युको मुखमा पु¥याउँछ अन्यथा युवा ढुक्क हुन सक्छन् भन्ने दाबी

कम उमेर तथा स्वास्थ्य अवस्था उचित भएका समूहहरु कोभिड–१९ का कारण गम्भीर अवस्थामा पुग्ने सम्भावना न्युन रहन्छ । तर, रोग सम्भावित भएका समुहमा भने यस रोगले गम्भीर श्वासप्रश्वास सम्बन्धि समस्या निम्त्याउँछ । सम्भावित समूहको उदाहरणका लागि स्वास्थ्यकर्मीलाई लिन सकिन्छ । उनीहरु संक्रमणको उच्च जोखिममा रहन्छन् । प्राप्त रिपोर्टअनुसार स्वस्थ व्यक्ति तथा युवाहरुमा लक्षण देखा परेको व्यक्तिले क्वारेन्टाइनको चरणहरु अनुसरण गर्नुपर्दछ । यसो गर्नाले समाजमा फैलन सक्ने यसको महामारीबाट जोगिन सकिन्छ ।

दाबीः संक्रमित व्यक्तिबाट टाढा रहने रहनुपर्दछ

फ्लुबाट बच्नका लागि अस्पतालहरुले लगातार १० मिनेट वा सोभन्दा लामो समय हाछ्युँ गर्ने तथा खोक्ने व्यक्तिबाट कम्तिमा पनि ६ फिट टाढा रहनुपर्ने मापदण्ड निकालेका छन् । यस (खोकि तथा हाछ्युँ)लाई संक्रमणको सजिलो माध्यम मानिन्छ । पारस्परिक सम्पर्कको माध्यमबाट सतहमा भएका भाइरसहरु अर्काे व्यक्ति संक्रमित हुन सक्दछ ।

दाबीः केहि महिनाभित्र नै भ्याक्सिन (खोप) बन्ने

वैज्ञानिकहरु यसअघि चिनियाँ अनुसधानकर्ताहरुले निकालेका वशांणुगत अनुक्रम औषधिको माध्यमद्धारा नयाँ कोरोना भाइरसको खोप विकासको थालनी छिटो गर्न चाहन्छन् । हाल ‘दि डेपलभमेन्ट अफ ए भाइएबल कन्टिनियस एपेश’ तथा अन्य विभिन्न टिम यस सर्वेक्षणका निम्ति जनावरमा परीक्षण गर्दैछन् । यद्यपि लामो अनुसन्धान आवश्यक भएको यस परीक्षण एक लामो उपक्रमानु पनि हो । जसको सुनिश्चित गर्ने क्रममा यसमा केही दुस्प्रभाव समेत पर्ने देखिन्छ । अन्नतः अत्यावश्यक व्यवसायिक खोप भने चाडोभन्दा चाडो यसै वर्षभित्र उपलब्ध बन्ने दाबी रहेको छ ।

द गार्जियनबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ