२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यसमाजले स्वास्थ्यकर्मीहरुप्रति गर्ने व्यवहार कहिले परिवर्तन हुने ?

समाजले स्वास्थ्यकर्मीहरुप्रति गर्ने व्यवहार कहिले परिवर्तन हुने ?


चीनबाट सुरु भएको कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बनेकोे छ । नेपालीमा पनि २ महिना अघि कोरोना देखिए पश्चात नेपालका सम्पूर्ण नाकाहरु अन्य देशसँग बन्द गरिएको छ । एक सहरबाट अर्को सहर मानिसहरुलाई अनुमति बिना हिड्न दिइरहेको छैन । मानिसहरु लकडाउनको पूर्ण पालना गरिनै रहेका छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गर्दा समाजमा एक खालको त्रास सिर्जना भएको छ । समाजमा कोरोनाको संक्रमण नहोस् र आफ्नो टोलमा कोही पनि मान्छेहरु प्रवेश नगरुन् भन्ने अन्धविश्वासका साथ केही व्यक्तिहरुले रुखो स्वभावमा स्वास्थ्यकर्मीहरुलाई अस्पताल आवत—जावतमा अवरोध गर्ने क्रियाकलापहरु भैरहेका छन् ।

अस्पताल र स्वास्थ्यकर्मीहरु माथि गरिने त्यस्ता दुर्व्यवहारले अहिलेको अवस्थामा काम गर्ने वातावरणमा ह्रास आउँछ ।अहिले स्थानीय निकायले राम्रो काम गरिरहेको छ । तर, स्थानीय निकायको नाम लिएर कोरोना रोक्ने सवालमा युवाहरुबाट जुन खालको व्यवहार स्वास्थ्यकर्मीमाथि भैरहेको छ । त्यो कुनै पनि हालतमा स्वीकार्य छैन । स्थानीय निकायबाट नै परिचालित मान्छे हो भने मानिसहरुलाई के–कसरी कुरा गर्ने हो त्यो सबै जानेको व्यक्ति बस्नु आवश्यक छ ।

निमायक निकायको विना अनुमति स्वास्थ्यकर्मीलाई आवत—जावतमा अवरोध पु¥याउने जोकोहीलाई सरकारले कडाभन्दा कडा रुपमा कानुनी कारवाहीको दायरामा ल्याउनु आवश्यक छ । समाजमा यसरी नै १०—१५ जना जम्मा भएर स्वास्थ्यकर्मीको आवत—जावतमा अवरोध गर्नाले झन कोरोना संक्रमण समाजमा फैलनेछ । त्यसको जिम्मा कसले लिने त ?

कोरोना भाइरस नियन्त्रणको बाहानामा स्वास्थ्यकर्मीहरु माथि नै अवरोध हुन नरोकिएमा समाज झन अराजकतर्फ धकेलिने पो हो कि भन्नेतर्फ निकायहरु सजग हुनु आवश्यक छ । संक्रमित बढ्दै गइरहेको अवस्थामा हुलइज्जत गर्नुको साटो त्यस्ता व्यक्तिको सरकारले जारी गरेको लकडाउनलाई पूर्ण पालना गरी घर भित्र बस्नु आवश्यक छ ।

अहिले केही मानिसहरु समाजमा स्वास्थ्यकर्मी र सरकारले जारी गरेको लकडाउनलाई पूर्ण रुपले पालना नगरी सडक र गल्लीहरुमा बसी अवरोध गर्नाले झन ठूलो समस्या सिर्जना भएर त्यो टोलमा नै संक्रमित बढ्नेछन् । अहिले हामी आतिने समय होइन्, यो कोरोना विरुद्धको लडाइमा स्वास्थ्यकर्मीलाई कसरी सहयोग गर्ने हो, त्यतातिर सोच्ने समय हो । जबसम्म नेपालमा स्वास्थ्यकर्मीहरुलाई सहयोग गरिन्न तबसम्म केही हुनेवाला छैन ।

नेपालमा भएको कोरोना संक्रमणलाई आम मानिसहरुले हल्का रुपमा लिएको कारणले गर्दा नै स्वास्थ्यकर्मीहरु माथि कुनै न कुनै अवरोध समाजबाट भएका छन् । अहिले स्वास्थ्यकर्मीहरु अत्यन्तै नाजुक अवस्थामा आप्mना सेवाहरु दिन बाध्य छन् ।

अहिलेको यस्ता परिस्थितिमा कसरी मिलेर काम गर्ने हो भनेर सोच्नुको सट्टा स्वास्थ्यकर्मीहरु माथि नै अवरोध गर्ने क्रियाकलाप अत्यन्तै निन्दनीय छ । अहिले अग्रपंपक्तिमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई बिना रोकावट अस्पताल आवतजावत गर्न दिएको अवस्थामा समाजका केही व्यक्तिहरुबाट बाटो छेक्ने, दुर्व्यवहार गर्ने जस्ता क्रियाकलाप भएका छन् । त्यस्ता क्रियाकलापमा संलग्नलाई कडाभन्दा कडा कारवाही गर्नु पर्दछ ।

समाजका अग्रज व्यक्तिहरुले यो बुझन जरुरी छ कि कोरोना बाटो छेकेर मान्छेहरुलाई झगडा गराएर कुनै पनि हालतमा हट्ने छैन । समाजमा सबै व्यक्तिहरुले स्वास्थ्यकर्मीहरुले भने बमोजिम रहेर लकडाउनको पूर्ण पालना गरी घरमै बस्नुबाहेक अर्को विकल्प छैन । केही दिनबाट धेरै अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुले घरबाट अस्पताल र अस्पतालबाट घर फर्कदा स्थानीय केही व्यक्तिहरुको दुर्व्यवहार सहनु परेको छ । एकातिर नेपाललाई कसरी कोरोनामुक्त गर्ने भनेर दिनरात काममा खटिएका स्वास्थ्यकर्मीलाई रोकेर दुर्व्यवहार गर्नु कति राम्रो काम हो त ?

त्यस्ता मान्छेहरु टोलमा १०—१५ जना उपस्थित भई कानुनी शासनको धज्जी र हुलइज्जत गर्नाले कोरोनाको संक्रमण रोकिएला त ? स्वास्थ्यकर्मीलाई रोकेर दुर्व्यवहार गर्नेलाई फौजदारी कसुरअनुसार सजायका निम्ति सरकारले कदम चाल्नै पर्दछ । अनिमात्र अस्पतालहरु र स्वास्थ्यकर्मीहरु निर्धक्क रुपमा सेवा दिन सक्दछन् ।

(उमेश खत्री अस्पताल व्यवस्थापकको रुपमा कार्यरत छन् ।)


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ