गृहपृष्ठ ∕ अन्य ∕ चिकित्सकमाथि हातपातका घटनाका दोषीलाई कारवाही गर्न गैर सरकारी चिकित्सक संघको माग चिकित्सकमाथि हातपातका घटनाका दोषीलाई कारवाही गर्न गैर सरकारी चिकित्सक संघको माग हेल्थ आवाज बिहीबार, २०७७ जेठ १५ गते, १८:१९ मा प्रकाशित काठमाडौं—गैर सरकारी चिकित्सक संघ नेपालले जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा चिकित्सकहरुमाथि भएको हातपातको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै संघले कोरोना महामारीको भयावह अवस्थामा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्दै आएका चिकित्सकहरुमाथि हातपात हुनुले कानुनी राज्यको उपहास गरेको जनाएको छ । संघका अध्यक्ष डा. याम द्धा र महासचिव रितेश थापाले जारी गरेको उक्त विज्ञप्तिमा घटनाको गम्भीरतालाई बुझेर दोषीमाथि कडा कारवाही गर्न माग गरेको छ । संघले कोरोना महामारीको अवस्थामा आफ्नो परिवारको समेत प्रवाह नगरी अहोरात्र लडिरहेका अवस्थामा चिकित्सकमाथि भएको हमलाले निरुत्साहित बनाउने उल्लेख गरिएको छ । अहिलेसम्म चिकित्सकमाथि हातपात थुप्रै घटना घटेपनि धैर्यता अपनाउँदैं सेवामा जुटिरहेको बताउँदैं संघले धैर्यतालाई कमजोरी नठान्न समेत आग्रह गरेको छ । बुधबार नेपाल मेडिकल कलेजमा बिरामी मृत्युपछि उपचारमा संलग्न दुई जना चिकित्सकमाथि बिरामीका आक्रोशित आफन्तले हातपात गरेका थिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका… विदेशी सहयोगमा भर पर्नु दीर्घकालीन समाधान होइन : डा. शर्मा रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी इरानको मिसाइल आक्रमणमा इजरायलको एक अस्पताल क्षतिग्रस्त धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ५ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री