गृहपृष्ठ ∕ अन्य ∕ विश्वमा हरेक चारमध्ये एक जनामा क्षयरोगको व्याक्टेरिया विश्वमा हरेक चारमध्ये एक जनामा क्षयरोगको व्याक्टेरिया हेल्थ आवाज बुधबार, २०७६ साउन २२ गते, १२:१० मा प्रकाशित एजेन्सी । विश्वमा कुल जनसंख्याको एक चौथाई जनसंख्यामा क्षयरोग (टिबी) को उच्च जोखिम रहेको पाइएको छ । पछिल्लो पटक सार्बजनिक भएको एक अध्ययनले सो जानाकारी दिएको हो । युरोपियन रेस्पिरेटरी जर्नलमा प्रकाशित सो अध्ययनले विश्वमा हरेक चार जनामध्ये एक जनाको शरिरमा टिबीको व्याक्टेरिया हुने उल्लेख छ । क्षयरोग माइकोव्याक्टेरियम ट्युवरकुलोसिस नामक किटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो । यो श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । अध्ययनका लागि डेनमार्क र स्वीडेनका अनुसन्धानकर्ताहरुले ३६ देशमा भएका क्षयरोग संक्रमणको विभिन्न घटनाको समिक्षा गरेका थिए क्षयरोगले वर्षेनी विश्वभर एक करोड मानिसहरुलाई प्रभावित गरेको छ । त्यस्तै, क्षयरोगबाट वर्सेनी २० लाख मानिसको मृत्यु हुने गरेको छ । ३ लाख ५१ हजार ८ सय ११ जनामा गरिएको सो अध्ययनले सन् २०३५ बाट क्षयरोगलाई उन्मुलन गर्ने विश्व स्वास्थ्य संगठनको लक्ष्य जटिलउन्मुख भएको जनाएको छ । ‘क्षयरोगलाई समयमै उन्मुलन नगरे यसले विकराल रुप लिन सक्छ । क्षयरोग संक्रमित मानिसमा जीवनको उत्तराद्र्धमा पनि यो रोगको जोखिम देखिन्छ ।’ डेनमार्कस्थित आरहस युनिर्भसिटीका सह प्राध्यापक क्रिष्टियन विजेसीले भने । अध्ययनका लागि डेनमार्क र स्वीडेनका अनुसन्धानकर्ताहरुले ३६ देशमा भएका क्षयरोग संक्रमणको विभिन्न घटनाको समिक्षा गरेका थिए । विक्रम संबत २०७० को तथ्यांक अनुसार नेपालमा करिब ६० प्रतिशत जनसंख्या क्षयरोगबाट संक्रमित छन्। तीमध्ये झन्डै ९० हजार मानिस क्षयरोगबाट पीडित छन् भने झन्डै ७ हजार व्यक्तिको हरेक वर्ष क्षयरोगबाट मृत्यु हुन्छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य पत्रकार न्यौपानेलाई ब्लोदानको सम्मान वयस्क अवस्थादेखि सक्रिय बन्नुले केही स्वास्थ्य समस्याबाट मृत्यु हुने जोखिम… नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका… विदेशी सहयोगमा भर पर्नु दीर्घकालीन समाधान होइन : डा. शर्मा रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ५ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ६ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ७ विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी Kalpana Craft ट्रेण्डिङ विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. साइमा वाजेद निलम्बित जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु नेपालमा नपाइने क्यान्सरका दुर्लभ महंगा औषधि बिरामीलाई निःशुल्क दिइने त्रिवि शिक्षण अस्पतालमा १५ शय्या इमर्जेन्सी वार्ड विस्तार एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. साइमा वाजेद निलम्बित जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु नेपालमा नपाइने क्यान्सरका दुर्लभ महंगा औषधि बिरामीलाई निःशुल्क दिइने त्रिवि शिक्षण अस्पतालमा १५ शय्या इमर्जेन्सी वार्ड विस्तार एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने