२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यफाइजर भ्याक्सिन कति समयसम्म सुरक्षा देला ?

फाइजर भ्याक्सिन कति समयसम्म सुरक्षा देला ?


काठमाडौं—संसारमा कोभिड—१९ का भ्याक्सिनहरु ट्रायलका चरणमा छन् । कोभिड—१९ विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको मानिएको एक भ्याक्सिनलाई बुधबार बेलायतले आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ । अब आउँदो हप्ताबाट बेलायतमा यो भ्याक्सिन दिइने छ ।

बेलायतले बुधबार अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकले विकास गरेको कोरोना भ्याक्सिन फाइजरलाई प्रयोग गर्न अनुमति दिएको हो । यससँगै तीन वटा ट्रायल पूरा गरिसकेको भ्याक्सिनलाई अनुमति दिने बेलायत पहिलो देश बनेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले भ्याक्सिनले जीवन बचाउनुका साथै जीवनलाई सामान्य अवस्थामा फर्काउन मद्धत गर्ने बताएका छन् । बेलायतका स्वास्थ्यमन्त्री म्यान हाटककले क्रिसमसभन्दा पहिले नै ८ लाख डोजसहित भ्याक्सिन दिन सुरु गरिनेछ । बेलायतमा दिइने फाइजर भ्याक्सिन बेल्जियममा बनाइएको हो ।

१० वर्षमा बन्ने भ्याक्सिन १० महिनामा कसरी बन्यो ?

यसअघि सन् १९६० मा सबैभन्दा छिटो बनेको भ्याक्सिन ४ वर्षमा बनेको थियो । कोभिड—१९ विरुद्धको भ्याक्सिन १० महिनामै बनेको छ । तर, यो भ्याक्सिन विकास गर्नका लागि कुनै सर्टकर्ट उपाय भने अपनाइएको छैन । सबै चरणहरु पूरा गरिएको छ ।

बेलायत सरकारले भ्याक्सिनको अनुसन्धानमा ३३. ६ मिलियन पाउण्ड खर्च गरेको थियो । नियामंक निकायले हजारौं पृष्ठको दस्तावेजको जानकारी अल्झिनुको साटो आर्टिफिसियल इन्टेलिजेन्सबाट डाटाहरु अध्ययन गरेका थिए ।

यसले निकै समय बच्यो र अनुमति प्रक्रियाले गति लिएको समाचार एजेन्सीहरुले जनाएका छन् । बेलायतको नियामक निकाय ‘मेडिसिन्स एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी’ (एमएचआरए) का प्रमुख जुनी रैनीले यसका लागि पूरै टिम २४ घण्टामा काम गरेको बताएका छन् ।

बायोएनटेकले भ्याक्सिनलाई ४४ हजार मानिसमा ट्रायल गरेको थियो । यसको कुनैमा पनि खराब असर देखिएन । केवल थकाइ र सामान्य दुखाइका केही केसहरु देखिएका थिए ।

भ्याक्सिन बेलायतपछि अमेरिका, जापान र इयुमा पनि अनुमतिका लागि तयारी थालिएको एजेन्सीहरुले जनाएका छन् ।

किन समय इम्युनिटी दिनेछ ?

यो कुरा थाहा पाउनका लागि वैज्ञानिकलाई अझै एक वर्ष लाग्न सक्नेछ । किनभने, कुनै पनि भ्याक्सिनको असरको आँकलन पहिल्यै गर्नु लगभग असम्भव छ । तर, एउटा कुरा स्पष्ट छ कि अहिलेसम्म जुन कम्पनीको भ्याक्सिनहरु तेस्रो चरणमा छन्, ती भ्याक्सिनको कुनै गम्भीर खराब परिणाम देखिएको छैन् ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ