२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यके धेरै खोप लिनुभन्दा कोभिड संक्रमित हुनु जाती हो ?

के धेरै खोप लिनुभन्दा कोभिड संक्रमित हुनु जाती हो ?


कोभिड-१९बाट प्राकृतिक रुपमा संक्रमित हुनु र कोभिड खोप लिनु तपाईको प्रतिरोध क्षमताका लागि दुई फरक-फरक चीज हुन्। दुवैमा कुन बढी उपयुक्त ?

एक वर्षअघि जब पहिलोपटक कोभिड संक्रमण हुनु घातक थियो, विशेषगरी वृद्धका लागि या ती व्यक्ति जो स्वास्थ्य पहिले देखि नै खराब  छ। तब यो प्रश्नमा मानिसहरुको मत फरक-फरक थियो।

अब हामी शून्य इम्युनिटीबाट सुरु गरिरहेका छैनौँ । किनभने, अधिकांश मानिसहरुले पहिला नै खोप लगाइसकेका छन् या त यस भाइरसबाट पहिला नै धेरै संक्रमित भैसकेका छन्।

आज एक गम्भीर प्रश्न यो पनि छ – के बालबालिकालाई पनि कोभिड भ्याक्सिन दिनु पर्दछ ? अर्को भनेको के हामी वयस्कमा इम्युनिटी बढाउनका लागि भाइरस वा बुस्टर डोजको उपयोग गर्नु जरुरी छ ?

दुवै विवादास्पद मुद्दा बनेको छ ..

यसै सन्दर्भलाई लिएर प्रतिरक्षा विज्ञानी (इम्युनोलोजिष्ट) प्रोफ़ेसर एलेनोर रिलेले बीबीसीसँग भने, ‘हुनसक्छ हामी लामो समयदेखि आफुलाई कठिन परिस्थितिमा राखिरहेका छौँ जहाँ हामीलाई लाग्न सक्छ कि हरेक वर्ष बूस्टर डोजबाट हामी कोभिडलाई टाढा राख्न सक्छौं।’

‘जब विश्वको दोस्रो भागमा खोप नै छैन त्यससमय यसको अझै तेस्रो डोज दिनु पागलपन हो। यो असमान मात्रै हैन, मुर्खता पनि हो,’एक सरकारी भ्याक्सिन सल्लाहकार, प्रोफेसर एडम फिनले भने ।

इम्युनिटीले कसरी काम गर्छ ?

हामी आफ्नो प्रतिरक्षा प्रणाली (इम्यून सिस्टम) र यसमा हमला गर्ने भाइरस दुवैको मुख्य संरचनालाई पहिला बुझ्नु जरुरी छ। हाम्रो शरीरलाई संक्रमणमुक्त गर्ने प्रतिरक्षा प्रणाली एन्टीबडी र टी-कोषिकाहरु हुन्।

एन्टीबडी भाइरसको सतहसँग टासीएर त्यसलाई खतम गर्ने काम गर्छ। भने, टी-कोषिकाहरुले भाइरसहरुले हाइज्याक गरेको कोषिकाहरुलाई पहिचान गरी नष्ट गर्दछ। यस्तोमा भाइरसबाट जस्तोसुकै समस्या आए पनि त्यसलाई प्रभावशाली ढंगबाट नष्ट गर्न निकै सरल हुन्छ। यससँग स्पाइक प्रोटीन हुन्छ जुन हाम्रो शरीरमा कोषिकाहरुको ढोका खोल्नका लागि उपयोग गरिने चावी हो।

हाम्रो कोषिकालाई हाइज्याक गर्ने र आफ्नै हजारौं कपी तयार गर्नका लागि यसलाई २८ अन्य प्रोटिनको आवश्यक पर्छ। सामान्यतया संक्रमित हुनु र भ्याक्सिन लिनेको अवस्थामा भाइरसको तुलना गर्नका लागि ४ प्रमुख क्षेत्र छ।

इम्यून सिस्टम कति भाइरसलाई हमला गर्न सिक्न सक्छन् ?

खोपको तुलनामा भाइरसबाट संक्रमित भएपछि तपाइको प्रतिरक्षा प्रणालीभन्दा व्यापक प्रतिक्रिया मिल्दछ। चाहे तपाईले मोडर्ना अथवा फ़ाइजर वा अक्सफोर्ड-एस्ट्राजेनेकाको भ्याक्सिन नै किन नलाउनुस। तर, तपाईको शरीरले मात्रै एक कुरा पहिचान गर्न सिकिरहेको छ त्यो हो – स्पाइक प्रोटीन।

यो एन्टीबडी बनाउनका लागि एक महत्वपूर्ण भाग हो जसबाट मानिसलाई अस्पतालसम्म पुग्न रोक्नका लागि मद्दत पुग्छ। तर, अन्य २८ प्रोटीनलाई पनि लक्षित गर्नुछ भने टी-कोषिकाहरु र यसभन्दा धेरै अघि बढ्नु पर्ने हुन्छ।

प्रोफेसर रिले भन्छिन, ‘यसको अर्थ यो हो कि यदि तपाईको संक्रमण वास्तविक रूपमा बढी थियो भने तपाईसँग कुनै पनि नयाँ प्रकारको भेरियन्टको लागि राम्रो प्रतिरक्षा प्रणाली हुनसक्छ। किनभने तपाईसँग मात्र स्पाइकको तुलनामा अधिक इम्यूनिटी छ।’

यो संक्रमण वा गम्भीर रोगलाई कतिसम्म रोक्न सक्छ ?

खोप लिएपछि एकपटक कोभिड भैसकेपछि पुन संक्रमण हुने केहि केसहरु देख्न पाइएको पनि हामीलाई थाहाँ छ। ब्रिस्टल यूनिभर्सिटीका प्रोफेसर फिनले भने,’दुवै तपाईको संक्रमणविरुद्ध पूरा सुरक्षा दिदैंन। तर, यसबाट मिल्ने इम्यूनिटीले गम्भीर रोगबाट राम्ररी बचाउँछ।’

खोप लिएको एक महिना पछि संक्रमणको तुलनामा तपाईको शरीरमा एन्टीबडीको स्तर औसत अत्याधिक हुन्छ। यद्दपी,
गम्भीर रोग र एसिम्टोम्याटिक (जो निकै अधिक एन्टीबडीमा एक ठुलो अन्तर देखाउंछ) सबैभन्दा बढी प्रतिरक्षा प्रतिक्रिया ती व्यक्तिलाई मिल्यो जसले कोभिड भएपछि भ्याक्सिन लगाए।

एन्टीबडीले शरीरलाई कहिलेसम्म सुरक्षा दिन्छ ?

समयसँगै एन्टीबडीको स्तरमा पनि गिरावट देखिन्छ। यद्दपी गम्भीर रोग रोक्नमा यो महत्वपूर्ण भने हुन सक्दैन। प्रतिरक्षा प्रणाली भाइरस र खोपलाई याद राख्छ ताकि जब कुनै संक्रमणको सामना भयो भने आफुले छिटोभन्दा छिटो प्रतिक्रिया दिन सकोस। .

हाम्रो शरीरमा ‘स्मृति टी-कोषिकाहरु’ हुन्छ र बी-कोषिकाहरुको प्राथमिकता मागको हिसाबबाट एन्टीबडी पैदा गर्ने हुन्छ। संक्रमणको एक वर्षभन्दा बढी इम्यून सिस्टमको प्रतिक्रियाको प्रमाण मिलेको छ र भ्याक्सिनको परीक्षणमा यसको स्थायी फाइदा पनि देखिएको छ।

इम्पेरियल कलेज लन्डनका प्रोफेसर पीटर ओपेनशो भन्छन्, ‘यो कतिसम्म स्थायी हो भनेर हेर्नका लागि हामी कुरिरहेका छौँ।’

शरीरमा इम्युनिटी कहाँ हुन्छ ?

नाक र फोक्सोमा एन्टीबडी (यसलाई इम्युनोग्लोबुलिन एएसको नामबाट चिनिन्छ) को एक भिन्न समुह हो। यसको (इम्युनोग्लोबुलिन जीएस को) तुलनामा हामीले रगतको जाँच गर्न सक्छौं। यी दुईमध्ये इम्युनोग्लोबुलिन एएस शरीरसम्म संक्रमण पुग्ने बाटोमा महत्वपूर्ण बाधा राख्ने गर्छ।

खोपको तुलनामा प्राकृतिक संक्रमण यस एन्टीबडी बनाउनमा बढी उपयोगी हुन् सक्छ।

अक्सफोर्ड विश्वविद्यालयमा टी-कोषिकामा गरिएको अनुसन्धान गरिरहेका प्रोफेसर पोल क्लेनरम्यान भन्छन्,’संक्रमणको स्थानबाट फरक पर्छ, हामी प्राकृतिक संक्रमण र खोपको बीच महत्वपूर्ण अन्तर को आशा गरिनेछ।’

‘जुन वयस्कले कुनै पनि डोज लिएका छैनन् यदि भ्याक्सिन लिएमा प्रतिरक्षा प्रणाली झनै मजबूत हुन्छ । चाहे पहिला कोभिड भएको होस् वा न होस। तर, यसमा दुई महत्वपूर्ण प्रश्न छन्।

  • १. के खोप लिइसकेका वयस्कले बूस्टर डोज़ लिनु पर्छ, या के भाइरसको सम्पर्कमा आउनु काफी छ ?
  • २. के खोप बालबालिकामा जरुरी छ या जीवनभर संक्रमणको सामना गर्दा एक अच्छी प्रतिरक्षा प्रणाली बन्नेछ ?

जीवनभर नियमित रूपबाट इम्युनिटी बढाउने विचार केहि संक्रमणमा त्यति महत्वपूर्ण छैन, जस्तोकी आरएसभी (रेस्पिरेटरी सिंकाइटियल भाइरस) या चार अन्य कोरोना भाइरस जसको संक्रमणबाट मानिसमा सामान्य रुघाखोकीको लक्षण पैदा हुन्छ।

यो जतिपटक हुन्छ त्यति नै तपाईको इम्यून सिस्टम थोरै गरी बलियो हुन्हैछ र यो वृद्धाअवस्थासम्म जारी रहन्छ। जब इम्यून सिस्टम बिग्रिन थाल्छ र संक्रमणको समस्या बन्न सुरु हुन्छ ।

प्रोफेसर फिन भन्छन्, ‘यो प्रमाणित भएको छैन, तर, पूरा समय खोप अभियानमा खर्च गर्नु भन्दा यो धेरै सस्तो र सजीलो हुन सक्छ।’

साथै बुस्टरको जरुरत छ छैन भन्ने विना जानी हामी बुस्टरको चक्रमा पर्न सक्ने फिनले चेतावनी दिए।

उनी बालबालिकाको सन्दर्भमा भन्छन् ,’यो बहस बच्चाहरुको मामलामा पहिले नै भैसकेको छ। किनभने ४०-५०% बच्चाहरु पहिले नै संक्रमित भैसकेका छन् र उनीहरु मध्ये धेरै या त बिरामी परेनन् वा धेरै बिरामी परेनन्।’

तर, त्यसको विरुद्ध पनि तर्क छन्। प्रोफेसर रिले बच्चाहरुमा लामो समय कोभिड संक्रमणलाई अझै इसारा गर्छन र प्रोफेसर ओपनसो भाइरसको दीर्घकालीन प्रभावलाई लिएर डर मान्नु पर्नेतर्फ संकेत गर्छन जसले शरीरको धेरै भागहरुलाई प्रभावित गर्न सक्छ।

तर, रिलेले संक्रमण पछि भ्याक्सिन लिनु इम्यून सिस्टमलाई अझै बलियो बनाउने सम्भावना रहेको बताउछन। ‘हामीलाई वास्तवमै विचार गर्नु आवश्यक छ के हामी जीवनमा अघि बढ्न विश्वास दिनुको सट्टा मानिसहरुलाई त्रसित बनाइरहेका छौँ।’ अहिले हामी मात्र चिन्ता बढाउँनमा लागिरहेका छौँ,’उनले भने।

यसमा कुनै शंका छैन केस बढ्दै जाँदा हामीसँग धेरै विकल्प हुने छैनन्।

प्रोफेसर क्लेनरम्यान भन्छन्, ‘भाइरस फैलन जारी रहयो भने केबूस्टर डोज़ पनि प्रभावकारी रहनेछन् ?’

बीबीसीबाट भावानुवाद 


क्याटेगोरी : अन्य, जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ