२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ अमेरिकी वैज्ञानिकहरुको रिपोर्टः वायु प्रदुषणका कारण ६० लाख बच्चा समयभन्दा पहिले नै जन्मिए

अमेरिकी वैज्ञानिकहरुको रिपोर्टः वायु प्रदुषणका कारण ६० लाख बच्चा समयभन्दा पहिले नै जन्मिए


वायु प्रदुषणले गर्भवती महिला र जन्मने बच्चाहरुमा पनि असर परिरहेको पाइएको छ । सन् २०१९ मा वायु प्रदुषणका कारण ८० लाख बच्चाको जन्म समयभन्दा अगावै भएको खुलासा भएको छ ।

यो खुलासा अमेरिकीको क्यालिफोर्निया युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले हालै गरेको अनुसन्धानमा भएको हो ।

अनुसन्धानकर्ताहरुकाअनुसार अनुसन्धानमा २०४ देशको आँकडालाई सामेल गरिएको थियो । रिपोर्टबाट विषालु हावामा प्रदुषणका लागि जिम्मेवारी पिएम २.५ गर्भावस्थामा खराब प्रभाव पार्छ । पीएम २.५ मा एकदमै स—साना कणहरु हुन्छन्, जसलाई मानिस नागो आँखाले देख्न सक्दैन् ।

वायु प्रदुषणका लागि केवल ट्राफिक र पावर प्लान्टबाट निस्कने धुँवामात्रै जिम्मेवारी छैन्, इन्डोर पोलुसनलाई पनि कारक मानिएको छ । शोधकर्ताहरुले अनुसन्धानका क्रममा यो थाहा पाउने कोसिस गरेका थिए कि संसारभरमा घर र बाहिर दुवै ठाउँको वायु प्रदुषणले कसरी गर्भवतीलाई असर गर्न सक्छ ।

अनुसन्धानकर्ताहरुकाअनुसार वायु प्रदुषणको स्तर गर्न सकिएमा स्थिती राम्रो हुन सक्छ । यस्तो भएमा दक्षिणपूर्वी एसिया र अफ्रिकामा समयभन्दा पहिले हुने जन्म र कम वजनको समस्यालाई ७८ प्रतिशतसम्म घटाउन सकिनेछ । यो क्षेत्रमा घरभित्र हुने प्रदूषण संयुक्त समस्या हो । यहाँका घरमा कोइला, दाउरा जलाउनु आम कुरा हो । यही कारण संसारभरमा सबैभन्दा बढी समयभन्दा अगाडि जन्मने वच्चा यही क्षेत्रका छन् ।

वैज्ञानिहरुकाअनुसार समयभन्दा पहिल्यै हुने जन्म रोक्ने हो भने बाहिरको प्रदुषणका साथै ग्याँस, स्टोभ, दाउरा, कोइलाजस्ता कुराबाट हुने प्रदुषण रोक्नुपर्छ ।

शोधकर्ताहरुकाअनुसार वायु प्रदुषणका कारण संसारभरका गर्भवती महिलाहरुमा यसको नकारात्मक असर परिरहेको छ । अमेरिकामा सन् २०१२ मा १२ हजार बच्चाको जन्म समयभन्दा पहिले भएको थियो । यो अध्ययनले बताउँछ कि वायु प्रदुषणका महिलामा अचानक हुने गर्भपातको कारण बनिरहेको छ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार संसारभर हरेक वर्ष समयभन्दा पहिले जन्मिएका १० लाख बच्चाको मृत्यु हुने गर्छ । यतिमात्र होइन्, समयभन्दा अगाडि जन्मने बच्चाको वजन कम हुनुका साथै उनीहरु कमजोर हुन्छन् । यसबाट उनीहरुमा कयौ अन्य बिरामीको पनि खतरा बनिरहेको छ ।

दैनिक भाष्करबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ