२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यअमेरिकी वैज्ञानिकहरुको रिपोर्टः वायु प्रदुषणका कारण ६० लाख बच्चा समयभन्दा पहिले नै जन्मिए

अमेरिकी वैज्ञानिकहरुको रिपोर्टः वायु प्रदुषणका कारण ६० लाख बच्चा समयभन्दा पहिले नै जन्मिए


वायु प्रदुषणले गर्भवती महिला र जन्मने बच्चाहरुमा पनि असर परिरहेको पाइएको छ । सन् २०१९ मा वायु प्रदुषणका कारण ८० लाख बच्चाको जन्म समयभन्दा अगावै भएको खुलासा भएको छ ।

यो खुलासा अमेरिकीको क्यालिफोर्निया युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले हालै गरेको अनुसन्धानमा भएको हो ।

अनुसन्धानकर्ताहरुकाअनुसार अनुसन्धानमा २०४ देशको आँकडालाई सामेल गरिएको थियो । रिपोर्टबाट विषालु हावामा प्रदुषणका लागि जिम्मेवारी पिएम २.५ गर्भावस्थामा खराब प्रभाव पार्छ । पीएम २.५ मा एकदमै स—साना कणहरु हुन्छन्, जसलाई मानिस नागो आँखाले देख्न सक्दैन् ।

वायु प्रदुषणका लागि केवल ट्राफिक र पावर प्लान्टबाट निस्कने धुँवामात्रै जिम्मेवारी छैन्, इन्डोर पोलुसनलाई पनि कारक मानिएको छ । शोधकर्ताहरुले अनुसन्धानका क्रममा यो थाहा पाउने कोसिस गरेका थिए कि संसारभरमा घर र बाहिर दुवै ठाउँको वायु प्रदुषणले कसरी गर्भवतीलाई असर गर्न सक्छ ।

अनुसन्धानकर्ताहरुकाअनुसार वायु प्रदुषणको स्तर गर्न सकिएमा स्थिती राम्रो हुन सक्छ । यस्तो भएमा दक्षिणपूर्वी एसिया र अफ्रिकामा समयभन्दा पहिले हुने जन्म र कम वजनको समस्यालाई ७८ प्रतिशतसम्म घटाउन सकिनेछ । यो क्षेत्रमा घरभित्र हुने प्रदूषण संयुक्त समस्या हो । यहाँका घरमा कोइला, दाउरा जलाउनु आम कुरा हो । यही कारण संसारभरमा सबैभन्दा बढी समयभन्दा अगाडि जन्मने वच्चा यही क्षेत्रका छन् ।

वैज्ञानिहरुकाअनुसार समयभन्दा पहिल्यै हुने जन्म रोक्ने हो भने बाहिरको प्रदुषणका साथै ग्याँस, स्टोभ, दाउरा, कोइलाजस्ता कुराबाट हुने प्रदुषण रोक्नुपर्छ ।

शोधकर्ताहरुकाअनुसार वायु प्रदुषणका कारण संसारभरका गर्भवती महिलाहरुमा यसको नकारात्मक असर परिरहेको छ । अमेरिकामा सन् २०१२ मा १२ हजार बच्चाको जन्म समयभन्दा पहिले भएको थियो । यो अध्ययनले बताउँछ कि वायु प्रदुषणका महिलामा अचानक हुने गर्भपातको कारण बनिरहेको छ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार संसारभर हरेक वर्ष समयभन्दा पहिले जन्मिएका १० लाख बच्चाको मृत्यु हुने गर्छ । यतिमात्र होइन्, समयभन्दा अगाडि जन्मने बच्चाको वजन कम हुनुका साथै उनीहरु कमजोर हुन्छन् । यसबाट उनीहरुमा कयौ अन्य बिरामीको पनि खतरा बनिरहेको छ ।

दैनिक भाष्करबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ