२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यनयाँ भेरियन्टविरुद्ध परिमार्जन गरेर नयाँ खोप ल्याउछौं : मोडर्ना इन्क

नयाँ भेरियन्टविरुद्ध परिमार्जन गरेर नयाँ खोप ल्याउछौं : मोडर्ना इन्क


काठमाडौँ – मोडर्ना इन्कका प्रमुख स्वास्थ्य अधिकृत पाउल बर्टनले कोभिडको नयाँ भेरियन्टविरुद्ध नयाँ खोप आवश्यक रहेको बताएका छन् । अहिलेको खोप प्रभावकारी नहुने आशंका व्यक्त गर्दै उनले यसबाट लड्न नयाँ खोप आवश्यक रहेको बताएका हुन् ।

‘अहिले नयाँ भेरियन्टको भाइरसविरुद्ध प्रयोगमा आएका खोप प्रभावकारी छ वा छैन भन्ने बारेमा  दुई सातामा नै थाहा हुन्छ,’ बर्टनले भने, ‘नयाँ भेरियन्टको भाइरसलाई नयाँ खोप आवश्यक परेकोको खण्डमा भैरहेको खोपलाई परिमार्जन गरेर आगामी वर्षको सुरुमा सर्वत्र उपलब्ध गर्नेछौं ।’

नयाँ भेरियन्टको भाइरसविरुद्ध प्रयोगमा आएका खोप प्रभावकारी छ वा छैन भन्ने बारेमा  दुई सातामा नै थाहा हुने उनको भनाइ छ ।

अहिले प्रयोगमा आइरहेका खोप सक्दो प्रयोग गर्नाले नयाँ भेरियन्टबाट बच्न सकिने बताउंदै उनले सबैलाई खोप लगाउन अनुरोध गरेका छन् ।

दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ले विश्वमा नै हलचल मच्चाएको छ । यस भेरियन्टको कारणले पछिल्लो एक सातामा मात्र दक्षिण अफ्रिकामा २०० प्रतिशतभन्दा बढी केसहरू बढेको छ।

यो नयाँ भेरियन्ट दक्षिण अफ्रिकापछि युरोपका बेल्जियम, जर्मनी, अष्ट्रेलिया र भारत लगायतका देशमा सो प्रजाति देखिएको छ। डब्लूएचओले ‘नयाँ भेरियन्ट अफ कन्सर्न’ ओमिक्रोन पत्ता लागेसँगै नेपाललगायत दक्षिण-पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ