२०८२ असार ३२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यएञ्जल फर्टिलिटी क्लिनिकले भन्यो, ‘गैरकानुनी र अनैतिक कार्य हामीले गरेका छैनौं’

एञ्जल फर्टिलिटी क्लिनिकले भन्यो, ‘गैरकानुनी र अनैतिक कार्य हामीले गरेका छैनौं’


काठमाडौं—एञ्जल फर्टिलिटीले गैरकानुनी र अनैतिक कार्यमा आफूहरुको संलग्नता नरहेको जनाएको छ । विभिन्न संचारमाध्यमका क्लिनिकप्रति भ्रामक समाचारहरु आएका भन्दैं उसले अण्ड दाताका रुपमा उमेर नपुगेका महिला प्रयोगलगायतका कुनै पनि गैरकानुनी र अनैतिक कार्यहरुमा आफूहरुको संलग्नता नरहेको जनाएको हो ।

बुधबार एक विज्ञप्ती जारी गर्दै क्लिनिकले हालैका केही दिनमा सञ्चार माध्यम र अनलाइनहरुका एञ्जल फर्टिलिटीलाई जोडेरसमाचार आएकाप्रति गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरेको छ । ‘हालैका केही दिनहरुमा विभिन्न सञ्चार माध्यम तथा अनलाइन प्लेटफर्महरुमा एञ्जल फर्टिलिटी क्ल्नििक र यस क्लिनिकका कर्मचारीहरुलाई अन्य केही फर्टिलिटी क्लिनिक उपकर भइरहेको नेपाल प्रहरीको अनुसन्धानमा जोडेर भ्रामक र आधारहीन समाचारहरु प्रकाशित भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उसले भनेको छ ।

यस्तै, एञ्जलले यस्ता गतिविधीहरुमा क्लिनिक र सम्वद्ध व्यक्तिको संलग्नता नरहेको, समाचार भनिएका कुनै पनि व्यक्ति उपचारमा क्लिनिकमा नआएको, चिकित्सा र व्यवस्थापन टिम यस्ता गतिविधीमा संलग्न नरहेको पनि जनाएको छ । ‘एञ्जल फर्टिलिटी विगत लमो समयदेखि नै उच्च नैतिक मूल्य, कानुनी मर्यादा र बिरामीको हितलाई केन्द्रमा राखी जिम्मेवार, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्दै आएको उच्च प्रतिष्ठित संस्था हो,’ एञ्जलले विज्ञप्तीमा भनेको छ, ‘हामीले उमेर नपुगेको महिलालाई दाताका रुपमा प्रयोग गर्ने वा अन्य कुनै किसिमको गैरकानुनी वा अनैतिक कार्य कहिले पनि गरेका छैनौ र त्यस्तो कार्यको कडा शब्दमा निन्दा र भत्र्सना गर्दछौं ।’

उसले भ्रामक समाचारले आफ्नो संस्थाको प्रतिष्ठामा गम्भीर आघात पार्न सक्ने भन्दैं सम्बन्धित निकाय र सञ्चार माध्यमहरुसँग तत्काल भ्रामक समाचार सच्चाउन आग्रह गरिसकेको समेत जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ