अमेरिकी फुड तथा ड्रग्स एडमिनिष्ट्रेशन (एफडिए)ले दुर्लभ मस्तिष्कको ट्युमर उपचारका लागि प्रयो हुने ज्याज फर्माको औषधिलाई स्वीकृती प्रदान गरेको छ । बुधबार एफडिएले घोषणा गरेअनुसार ज्याज फर्मास्युटिकल्स (JAZZ.O) को औषधिलाई डिफ्युज मिडलाइन ग्लियोमा नामक दुर्लभ र आक्रामक मस्तिष्क ट्युमरको उपचारका लागि स्वीकृती दिइएको हो ।
यो उपचार एक वर्ष वा सोभन्दा माथिको उमेर भउका बालबालिका र वयस्कहरुका लागि हो । यो स्वीकृतीले ज्याजको क्यान्सर औषधि पोर्टफोलियोलाई रगत र फोक्सोको क्यान्सरका लागि रहेका हालका उपचारहरुबाट फराकिलो बनाएको छ ।
एमडिएकाअनुसार यो विशेष म्युट्रेशन भएको डिफ्युज मिडलाइन ग्लियोमाका लागि पहिलेको उपचार सफल नभएको अवस्थामा प्रयोग गर्न पाइने पहिलो एमडिए—स्वीकृत प्रणालीगत थेरापी हो ।
मोडियसो (Modeyso) नामक यो औषधि अमेरिकाभित्र केही हप्ताभित्रै उपलब्ध हुने अपेक्षा गरिएको छ र यो हप्तामा एक पटक खाने खालको क्याप्सुल हो ।
‘डिफ्युज मिडलाइन ग्लियोमा’ एक दुर्लभ र आक्रामक मस्तिष्क ट्युमर हो, जुन मुख्यतः बालबालिका र युवाहरुमा देखिन्छ । यो ट्युमर मस्तिष्कको स्टेम, थालामस र स्पाइनल कर्डजस्ता मध्यरेखाका संरचनाहरुमा विकास हुन्छ ।
एनआईएचको तथ्यांकअनुसार अमेरिकाका झण्डै ३९४० मानिस यो ट्युमरसँग बाँचिरहेका छन् ।
एफडिएको निर्णय ५० जना बिरामीका गरिएको पाँच वटा क्लिनिकल अध्ययनमा आधारित थियो, जसमा करिब २२ प्रतिशत बिराममिा ट्युमर सानो भएको देखिएको थियो । ती बिरामीहरुमा औषधिको प्रभावको औसत अवधि १० महिनाभन्दा थोरै बढी रहेको थियो ।
ज्याज फर्मास्युटिकल्सका चिफ मेडिकल अफिसर रोब इआन्नोनले निर्णयअघि भने, ‘हामीलाई लाग्छ यो औषधि एक उच्च आवश्यकताको पूर्ति गर्न निकै उपयुक्त छ ।’
ज्याजले यस औषधिलाई गत मार्चमा चाइमेरिक्स कम्पनीलाई ९३५ मिलियनमा खरिद गरेर प्राप्त गरेको थियो । कम्पनीले यो उपचार चाँडै उपलब्ध गराउने उद्देश्यले डाक्टर तथा एडभोकेटसँग सहकार्य गर्ने योजना बनाएको छ ।
रोयटर्सबाट भावानुवाद