२०८२ मंसीर ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यसामाजिक सञ्जालका कारण बालबालिकामा मानसिक दबाब सिर्जना भएको सरोकारवालाको भनाइ

सामाजिक सञ्जालका कारण बालबालिकामा मानसिक दबाब सिर्जना भएको सरोकारवालाको भनाइ


काठमाडौं—सामाजिक सञ्जालका कारण बालबालिकामा मानसिक दबाब सिर्जना भएको सरोकारवालाहरुले बताएका छन् । आइतबार राजधानीमा बालबालिका तथा सञ्चार समूहले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले उक्त कुरा बताएका हुन् ।

सिविसकी विमला ज्ञवालीले सामाजिक सञ्जालका कारण बालबालिकामा मानसिक दबाब, आत्मविश्वासको कमी र आक्रामकता बढेको बताउँदै मिडियाले यस्ता विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखिन्।

पत्रकार रमेश गिरीले बालश्रम, यौन दुर्व्यवहार, विद्यालय छोड्ने दर र अभिभावकहीन बालबालिकाको अवस्थाजस्ता समस्या मानव अधिकारका मुद्दा भएकाले अनुसन्धानसहित उठाउन आवश्यक छ भने।

सञ्चार समूहका संयोजक गोविन्द खड्काले बाल नीति र स्थानीय तहका कार्यविधिमा कमजोरी रहेको उल्लेख गर्दै ग्रामीण क्षेत्रका बालबालिकाका समस्या मिडियामा न्यून रूपमा प्रस्तुत हुने टिप्पणी गरे।

सिविसका उमङ्ग मैनालीले उद्धार, पुनर्स्थापनाका चुनौती र कानुनी सहायता पहुँचमाथि प्रकाश पार्दै तथ्य–आधारित समाचारले राज्य संयन्त्रलाई जवाफदेही बनाउने बताए।

पत्रकारहरू सरोज ओझा, सीता शर्मा र इन्द्रसरा खड्काले बाल समाचार लेख्दा पहिचान संरक्षण, कानुनी संवेदनशीलता र तथ्य पुष्टि अनिवार्य भएको अनुभव साझा गर्दै बाल सुरक्षा निर्देशिकाको प्रभावकारी प्रयोग गर्नुपर्ने बताए।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ