२०८२ मंसीर १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यमुटु रोग विशेषज्ञ डा. शेखरद्वारा बागलुङमा आश्रम निर्माणमा १० लाख सहयोग

मुटु रोग विशेषज्ञ डा. शेखरद्वारा बागलुङमा आश्रम निर्माणमा १० लाख सहयोग


काठमाडौं—नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शेखर राजभण्डारी र उनका दाजु–दिदीहरूले बाग्लुङमा आश्रम निर्माणका लागि १० लाख रुपैयाँ सहयोग गरेका छन् । उनीहरुले स्वर्गीय आमा विद्या लक्ष्मी राजभण्डारीको सम्झनामा बागलुङमा निर्माण हुन लागेको मानव सेवा आश्रमका लागि १० लाख रुपैयाँको सहयोग प्रदान गरेका हुन् ।

उक्त सहयोग समाजसेवामा योगदान पुर्‍याउने प्रेरणादायी उदाहरणका रूपमा भएको समाजका अगुवाहरूले बताएका छन्। यस सहयोगले स्थानीयस्तरमा मात्र नभई समग्र समाजमा मानव सेवा र करुणाको भावना बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

डा. राजभण्डारीको यो योगदानले परोपकार र सामाजिक उत्तरदायित्वमा आम नागरिकलाई अगाडि बढ्न उत्प्रेरित गर्नेछ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ