२०८२ मंसीर १८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्‍याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक

नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्‍याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक


ललितपुर—ललितपुरस्थित नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरले बिरामीको घरघरमै औषधी पुर्‍याउने भएको छ । अस्पतालले औषधी ट्रान्सपोर्टेसन पार्टनरका रुपमा उपायलाई अनुबन्ध गरेर बिरामीको घरघरमै औषधी पुर्‍याउने व्यवस्था गरेको जनाएको छ ।

बुधबार ‘मेडिसिन एट योर डोर स्टेप’को उद्घाटन अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठ रिबन काटेर गरेका थिए । सो अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर विजेशराज घिमिरे, डा. कपिन्द्रशेखर अमात्य, डा. गिसुपनिख प्रसिको, डा. हरि ढकाल र अस्पतालका प्रमुख कार्यकारी अधिकृत कपिल गौतमको उपस्थिती थियो ।

यसैगरी, अस्पतालले सो अवसरमा डाइनामिक बेबसाइट र मोबाइल एप पनि लन्च गरेको छ । हाल एन्ड्रोइड भर्सनमा उपलब्ध रहेको यो एप अब निकट भविष्यमै आइओएस भर्सनमा पनि उपलब्ध हुने अस्पतालका सिईओ गौतमले जानकारी दिए ।

‘बाआमा कन्सल्टेन्सीको सहयोगमा हामीले डाइनामिक बेबसाइट ल्याएका छौं भने मिडाससँगको सहकार्यमा मोबाइल एप ल्याएका छौं,’ गौतमले भने, ‘अब भविष्यमा यी डिजिटल प्लेटफर्महरुलाई बिरामीको सहजतालाई ध्यानमा राख्दै परिस्कृत गर्दै लैजानेछौं ।’ उनले उपायसँगको सहकार्यमा मेडिसिन एट योर डोर स्टेप सुरु गरिएको जानकारी दिदैं अब बिरामीलाई औषधिसम्मको पहुँच सहज हुने धारणा राखे ।

अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले नेपाल क्यान्सर अस्पताल विस्तारैं डिजिटल वर्ल्डतिर गइरहेको बताए । ‘हामी विस्तारैं डिजिटल वर्ल्डतिर गइरहेका छौं । तीन वटा डिजिटल प्लेटफर्म ल्याएका छौं,’ उनले भने, ‘यसबाट बिरामीले राम्रो सेवा पाउने विश्वास लिएका छौं ।’ उनले निकट भविष्यमा यस्ता सुविधाहरु थप्दै जाने बताए ।

सो अवसरमा ब्रेस्ट क्यान्सर मन्थको अवसरमा अस्पतालका विभागहरुलाई गराइएको डेकुरेट प्रतिस्पर्धाका विजेताहरुलाई पनि पुरस्कृत गरिएको थियो । जसमा प्रथम भएको सर्जिकल विभाग, दोस्रो भएका डे केयर र मेडिकल वार्ड र तेस्रो भएका लबी र प्याथोलोजी विभागलाई नगदसहित पुरस्कृत गरिएको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ