२०८२ फागुन २०, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल क्यान्सर हस्पिटलद्वारा क्यान्सर उपचारको बहु—विषयक मोडेलबारे सिएमई कार्यक्रम सम्पन्न

नेपाल क्यान्सर हस्पिटलद्वारा क्यान्सर उपचारको बहु—विषयक मोडेलबारे सिएमई कार्यक्रम सम्पन्न


काठमाडौं—नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले क्यान्सरको बहु—विषयक मोडल सम्बन्धी सिएमई कार्यक्रम सम्पन्न गरेको छ । १२ पुसमा पाल्पामा ‘बहुविषयगत मोडलः व्यक्तिगत क्यान्सर उपचार’ विषयमा सिएमई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पाल्पामा कार्यरत चिकित्सकहरुबीच महत्वपूर्ण ज्ञान साझेदारी र अन्तक्रिया छलफल सत्र सम्पन्न गरिएको नेपाल क्यान्सर अस्पतालले जनाएको छ । कार्यक्रममा लुम्बिनी मेडिकल कलेजका सह—प्राध्यापक तथा प्रिन्सिपल डा. राजुप्रसाद शाक्य र नेपाल चिकित्सक संघका प्रा.डा. निलराज शर्मा विशेष अतिथी रहेका थिए । डा. शाक्य र डा. शर्माले कार्यक्रमको उद्देश्य, महत्व तथा क्यान्सर उपचारमा बहु विषयक मोडेलको आवश्यकताबारेमा विचार व्यक्त गरेका थिए ।

कार्यक्रमलाई नेपाल क्यान्सर अस्पतालका अध्यक्ष तथा वरिष्ठ कन्सल्ट्यान्ट मेडिकल अंकोलोजिष्ट डा. सुदीप श्रेष्ठ, मेडिकल निर्देशक तथा वरिष्ठ कन्सल्ट्यान्ट मेडिकल अंकोलोजिष्ट डा. विजेशराज घिमिरेले नेतृत्व गर्दै वैज्ञानिक सत्र संचालन गरेका थिए । दुवै जनाले आधुनिक क्यान्सर उपचारमा बहुअनुशासनिक टोलीको भूमिका, व्यक्तिगत तथा समग्र उपचार दृष्टिकोण र प्रभावकारी व्यवस्थापन प्रणालीबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।

सहभागी चिकित्सकहरुले ज्ञानमूलक कार्यक्रम निरन्तरताको अपेक्षा व्यक्त गरेका थिए । कार्यक्रमको संयोजन नेपाल क्यान्सर अस्पतालको मार्केटिङले गरेको थियो । कार्यक्रममा पाल्पाका सबै अस्पतालका चिकित्सकहरुको सहभागिता रहेको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ