गृहपृष्ठ ∕ अन्य ∕ नेपाल क्यान्सर हस्पिटलद्वारा क्यान्सर उपचारको बहु—विषयक मोडेलबारे सिएमई कार्यक्रम सम्पन्न नेपाल क्यान्सर हस्पिटलद्वारा क्यान्सर उपचारको बहु—विषयक मोडेलबारे सिएमई कार्यक्रम सम्पन्न हेल्थ आवाज सोमबार, २०८२ पुस १४ गते, १८:१४ मा प्रकाशित काठमाडौं—नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले क्यान्सरको बहु—विषयक मोडल सम्बन्धी सिएमई कार्यक्रम सम्पन्न गरेको छ । १२ पुसमा पाल्पामा ‘बहुविषयगत मोडलः व्यक्तिगत क्यान्सर उपचार’ विषयमा सिएमई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पाल्पामा कार्यरत चिकित्सकहरुबीच महत्वपूर्ण ज्ञान साझेदारी र अन्तक्रिया छलफल सत्र सम्पन्न गरिएको नेपाल क्यान्सर अस्पतालले जनाएको छ । कार्यक्रममा लुम्बिनी मेडिकल कलेजका सह—प्राध्यापक तथा प्रिन्सिपल डा. राजुप्रसाद शाक्य र नेपाल चिकित्सक संघका प्रा.डा. निलराज शर्मा विशेष अतिथी रहेका थिए । डा. शाक्य र डा. शर्माले कार्यक्रमको उद्देश्य, महत्व तथा क्यान्सर उपचारमा बहु विषयक मोडेलको आवश्यकताबारेमा विचार व्यक्त गरेका थिए । कार्यक्रमलाई नेपाल क्यान्सर अस्पतालका अध्यक्ष तथा वरिष्ठ कन्सल्ट्यान्ट मेडिकल अंकोलोजिष्ट डा. सुदीप श्रेष्ठ, मेडिकल निर्देशक तथा वरिष्ठ कन्सल्ट्यान्ट मेडिकल अंकोलोजिष्ट डा. विजेशराज घिमिरेले नेतृत्व गर्दै वैज्ञानिक सत्र संचालन गरेका थिए । दुवै जनाले आधुनिक क्यान्सर उपचारमा बहुअनुशासनिक टोलीको भूमिका, व्यक्तिगत तथा समग्र उपचार दृष्टिकोण र प्रभावकारी व्यवस्थापन प्रणालीबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए । सहभागी चिकित्सकहरुले ज्ञानमूलक कार्यक्रम निरन्तरताको अपेक्षा व्यक्त गरेका थिए । कार्यक्रमको संयोजन नेपाल क्यान्सर अस्पतालको मार्केटिङले गरेको थियो । कार्यक्रममा पाल्पाका सबै अस्पतालका चिकित्सकहरुको सहभागिता रहेको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता जुम्लाको जनस्वास्थ्य सुधारात्मक नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता जुम्लाको जनस्वास्थ्य सुधारात्मक नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू