२०८२ चैत्र १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यएएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न

एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न


काठमाडौं—दुई दिने एन्टीमाइक्रोबियल स्टेवार्डसीप कार्यक्रम (एएमएसपी) काठमाडौंमा सम्पन्न भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगंजको क्लिनिक माइक्रोबायोलोजी विभागको आयोजना पार्क भिलेज रिसोर्टमा १४ र १५ चैतमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यशालाबारे प्रष्ट पार्दै त्रिवि शिक्षण अस्पतालको क्लिनिकल माइक्रोबायोलोजी विभागका विभागीय प्रमुख डा. संगीता शर्माले एन्टीमाइक्रोबियल रेसिस्टेन्ड (एएमआर)जस्तो गम्भीर स्वास्थ्य समस्याको सामना गर्न क्लिनिकल माइक्रोबायोलोजिष्टहरुको भूमिका महत्वपूर्ण रहेको हुनाले प्रदान गरिरहेको स्वास्थ्य सेवालाई अझै प्रभावकारी तथा समसामयिक बनाउने उद्देश्य यो कार्यशाला गोष्ठीको आयोजना गरिएको हो ।

चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डिन प्रा.डा. मोहनराज शर्मा, महाराजञ्ज मेडिकल क्याम्पस प्रमुख प्रा.डा. सुरेश उप्रेती तथा क्लिनिकल माइक्रोबायोलोजी विभागका पूर्व प्रमुख एवं नेपालका अग्रणी माइक्रोबायोलोजिष्ट प्रा.डा. भरतमणि पोखरेलको कार्यक्रममा विशेष उपस्थिती रहेको थियो ।

कार्यक्रममा भारतको एआईआईएमएस मंगलागिरीको क्लिनिकल माइक्रोबायोलोजीका विभागीय प्रमुख प्रा.डा. सुमित राय र सह—प्रा.डा. देवव्रत दास विज्ञका रुपमा रहेका थिए ।

नेपालका विभिन्न अस्पतालमा कार्यरत वरिष्ठ माइक्रोबायोलोजिष्टहरुको सहभागिता रहेको उक्त कार्यशाला गोष्ठीले नेपाल सरकारका विभिन्न स्वास्थ्य सेवा केन्द्रमा एएमएसपी लागु गर्ने भावि योजनालाई अझ प्रभावकारी तथा सुदृढ बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले एन्टीमाइक्रोबियल रेसिस्टेन्ड (एएमआर)मुख्य १० स्वास्थ्य समस्याहरुमध्ये एक उल्लेख गरेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ