२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा कोरोना संक्रमणबाट ३१ वर्षीया महिलासहित ११ जनाको मृत्यु

गण्डकीमा कोरोना संक्रमणबाट ३१ वर्षीया महिलासहित ११ जनाको मृत्यु


पोखरा-कोभिड १९ को संक्रमणबाट गण्डकी प्रदेशमा ३१ वर्षीया महिलासहित थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार गण्डकी प्रदेशमा थप ११ जनाको मृत्यु भएको हो ।

प्रदेश निर्देशनालायले आइतबार विज्ञप्ति प्रकाशित गर्दै उक्त जानकारी दिएको हो । निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कास्कीका ६ जना, स्याङ्जाका २ जना, रुपन्देही, पर्वत र म्याग्दीका १/१ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

कास्कीको पोखरा महानगरपालिका १७ का ५३ वर्षीय पुरुष, पोखरा ९ की ३१ वर्षीया महिला, पोखरा २ की ५८ वर्षीया महिला, पोखरा २७ का ५२ वर्षीय पुरुष, पोखरा १९ का ५८ वर्षीय पुरुष र पोखरा १२ की ३५ वर्षीया महिलाकोे ज्यान गएको छ ।

यस्तै, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ का ६० वर्षीय पुरुष, स्याङ्जा जिल्ला वालिङ गाउँपालिका ३ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

म्याग्दी जिल्लाको मालिका गाउँपालिका ५ का ५८ वर्षीय पुरुष, स्याङ्जाको गल्याङ नगरपालिका ३ की ६० वर्षीया महिलाको कोरोनाकै कारण मृत्यु भएको छ । यस्तै, पर्वत कुश्मा नगरपालिका १३ का ४२ वर्षीय पुरुषको समेत कोरोना संक्रमणका कारण मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६२ जना पुगेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ