काठमाडौं—इन्फोबाइट्स नेपालले नेपाली मेडिकल प्रयोगशालाका लागि विकास गरेको अल इन वान (All-in-one) प्रयोगशाला व्यवस्थापन प्रणाली निदान्यो (Nidanyo) सार्वजनिक गरेको छ । निदान्यो ल्याबोरेटरी इन्फर्मेसन एन्ड अपरेसन्स म्यानेजमेन्ट सिस्टम हो ।
यो सिष्टम १० वटा भन्दा बढी ल्याबहरुमा सेवा प्रयोगमा आइसकेको कम्पनीले जनाएको छ । निदान्यो ल्याबोरेटरी इन्फर्मेसन एन्ड अपरेसन्स म्यानेजमेन्ट सिस्टम हो । हाल नेपालमा चलिरहेका सफ्टवेयरहरु LIS (Laboratory Information System), LIMS (Laboratory Information Management System) हरु छन भने निदान्यो भने Laboratory Information & Operations Management System (LIOMS) हो । जुन नेपालमा चलेकाभन्दा सबैभन्दा आधुनिक सफ्टवेयर भएको दावी कम्पनीको छ ।
बिरामी दर्ता, स्याम्पल ट्र्याकिङ, परीक्षण नतिजा प्रविष्टि, रिपोर्ट निर्माण, बिलिङ र अनलाइन रिपोर्ट वितरण एउटै प्रणालीबाट व्यवस्थापन गर्ने सुविधा रहेको कम्पनीले जनाएको छ । साथै साना ल्याबदेखि ठुला ल्याब हरुमा सजिलै जडान गर्न पनि सकिन्छ ।
सफ्टवेयरको प्रयोगका कारण ल्याब र ल्याब व्यबस्थापन टिम, टेक्निसियनहरुलाई मात्र सजिलो नभई बिरामी र End-users लाई समेत प्रभावकारी भएको पाइन्छ । नमुना दिने बेलामै बिरामीले क्यूआर कोडसहितको बिल पाउँछन् र रिपोर्ट तयार भएपछि सोही कोड स्क्यान गरेर मोबाइलबाटै रिपोर्ट हेर्न सक्छन् ।

कम्पनीका अनुसार निदान्यो हाल काठमाडौंको १० भन्दा बढी ल्याब, पोलिक्लिनिक र डाइगोनोस्टिक सेन्टरहरुमा सुचारु भइसकेको छ र यसको प्रतिक्रिया प्रयोगशाला र बिरामी दुवैबाट राम्रो पाइएको कम्पनीका प्रडक्ट म्यानेजर विवेक न्यौपानेले जानकारी दिए ।
‘नेपालका प्रयोगशालाको कार्यशैली बुझेर बनाइएको प्रणाली हो यो । विदेशी सफ्टवेयर महँगो पनि हुन्छ र नेपाली अभ्याससँग मिल्दैन पनि,’ इन्फोबाइट्स नेपालका प्रमुख कार्यकारी राजेश पाण्डेले भने ।
स्वास्थ्य क्षेत्रको विकास केवल उपकरणले मात्र नभई आफ्नै देशमा बनेको प्रविधि र सेवा कार्यंवयनमा ल्याउनु नै विकासको झल्को मान्ने बचाउँदैं इन्फोबाइट्स नेपालका सुगम दाहालले आफूहरु सेवादिन २४/७ नै तत्पर रहेको बताए ।
इन्फोबाइट्स नेपालले स्वास्थ्य, फार्मेसी र व्यवसाय व्यवस्थापन सम्बन्धी विभिन्न सफ्टवेयर विकास गर्दै आएको छ । अब थप क्लिनिक म्यानेजमेन्ट सिष्टम र अन्य डिजिटल हेल्थ सिष्टममा काम भइरहेको डेभलपर कपिल अर्यालले जानकाी दिए ।