२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसेतो दुबीले मानसिक तनाव !

सेतो दुबीले मानसिक तनाव !


काठमाडौं । शरिरमा सेतो दुबी देखिंदा तनाव महसुस गरेका कलाकार पुरण जोशी कहिं जान नपरे हुन्थ्यो भन्ने महसुस हुन्थ्यो । पार्टीमा जाँदा धेरैले जिज्ञासा राख्थे । जवाफ दिंदा नै दिक्क लाग्थ्यो ।

उपचारका क्रममा उनले हरेक उपाय गरे । होमियोप्याथिक उपचार गराए । कस्मेटिक प्रयोग गरे । जोशीले विगत स्मरण गर्दै भने, विहे गर्ने उमेरका व्यक्तिमा त विहे हुने हो की होइन भनेर डिप्रेश भएको देखेको छुँ । कतिपय हिनताबोध सहित बाँचेका पनि छन ।’ अनुहार लगायत शरीरका विभिन्न अंगमा आएको सेतो दुबीका कारण राजेन्द्र बस्नेत मनावैज्ञानिकरुपमा तनाव हुने बताउँछन । जोशी र बस्नेतजस्ता युवा मात्र होइन युवतिलाई समेत सेतोदुबीले तनाव दिएको छ । बालबालिकामा समेत दुबी देखिने बरिष्ठ छाला विशेषज्ञ प्राडा धर्मेन्द्र कर्ण बताउँछन । उनी भन्छन, साना बालबालिकालाई दुबी भएपछि जँचाउन आउँदा अभिभावकहरु रुने गर्छन । ’

डा. कर्णका अनुसार सेतो दुबी भएका कारण कतिपयको सम्बन्ध विच्छेद समेत भएको पाइएको छ । शरीरमा सेतो दुबि (दाग)देखा परेको छ भने समयमै जँचाएर उपचार शुरु गर्ने हो भने निको हुन्छ । तर यसबारे धेरैलाई जानकारी नै छैन ।

के हो सेतो दुबी ?

छालामा हुने समस्या नै सेतो दुबी हो । डा. कर्णका अनुसार, शरिरमा छालालाई रंग दिने कोषहरुको कमी भएर सेतो दुबी देखा पर्दछ । हरेक व्यक्तिको शरिरमा रोगसँग लडने क्षमता हुन्छ । त्यो क्षमता कहिलेकाहि बढी भएर आफनै शरिर विरुद्ध काम गर्दछ । र, छालालाई रंग दिने कोष नष्ट गर्दछ । यो समस्या जुन सुकै उमेरमा पनि आउन सक्छ । विशेषगरि दश देखि बीस वर्ष र ४० देखि ५० वर्षसम्मका व्यक्तिमा बढी देखा परेको छ । अमेरिका र युरोपमा यसको उपचार गरिंदैन । तर , नेपालमा भने सामाजिक हेराई नकारात्मक हुने गरेका कारण उपचार गराउनेहरु बढेका छन ।

कुन अंगमा बढी देखिन्छ ?

सेतो दुबि सरुवा रोग होइन । यो प्रायजसो शरिरको धेरै चलिरहनृ अंगहरुमा देखा पर्छ । आँखा, ओठ, कम्मर , कुहिना, घुँडा , ढाड, काखि, पेट, औंला लगायतका स्थानमा देखा पर्ने डा. कर्ण बताउँछन । यो समस्या अरुलाई सर्दैन । तर आफनै शरिरमा भने फैलन सक्छ ।

त्यस्तै बंशाणुगत कारणले पनि सेतो दुबी हुने संभावना हुन्छ । डा. कर्णका अनुसार सेतोदुबी १० देखि ३० प्रतिशत वंशाणुगत हुन सक्छ ।
सेतो दुबी दुई किसिमको हुन्छ । एउटा, शरीर भरि फैलने खालको हुन्छ । यो खालको दुवी शरिरका विभिन्न अंगमा देखा पर्छ । अर्को , नफैलने किसिमको सेतो दुबी हुन्छ । एक ठाउँमा देखा परेको भने जहाँको त्यहिं मात्र देखिन्छ । अन्य अंगमा देखा पर्दैन ।

के गर्न हुँदैन ?

  • चोटपटक लाग्ने काम गर्नु हुँदैन
  • टाइट कपडा लगाउनु हुँदैन
  • टाइट जुत्ता लगाउनु हुँदैन
  • दिउसो ११ बजेदेखि दुई बजेसम्मको घामबाट जोगिनु पर्छ ।
  • मद्यपान र धुमपान गर्नु हुँदैन

उपचार के छ ?

विज्ञ छाला रोग विशेषज्ञसँग जँचाउने हो भने सेतो दुबी हटाउन सकिन्छ । पुर्णरुपमा निको हुन्छ । सेतो दुबी हटाउन अपनाइने सबै खालको उपचार छ । औषधिबाट उपचार गर्न सकिन्छ । औषधिबाट सेतो दुबी नहटे अन्य उपचार पद्धति समेत अपनाएर उपचार गर्न सकिने डा. कर्ण बताउँछन । तर, सेतो दुबी भएका व्यक्तिले जति सक्यो छिटो उपचार गर्ने हो भने निको पनि छिटो हुन्छ ।

डा. कर्णका अनुसार, उपचार दुई किसिमको हुन्छ । एउटा, खाने, लगाउने र देखाउने हुन्छ । अर्को चाहिं मेशिनमा सेक्ने हो । मेशिनमा सेक्नेलाई फोटोथेरापि भनिन्छ । यो प्रविधि सुरक्षित छ । गर्भवति महिला र भर्खर जन्मेको बच्चालाई समेत उपयोगी मानिन्छ । यस प्रविधिबाट पनि निको नभए शल्यक्रिया गर्नु पर्ने हुन सक्छ ।


क्याटेगोरी : जनस्वास्थ्य, सर्ने/नसर्ने रोग, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ