२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के हो माइग्रेन?

डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के हो माइग्रेन?


२५ वर्षीया उर्मिला कार्कीको भिडभाडमा जाने बित्तिकै टाउकोको एक भाग दुख्ने र यो समस्या विगत चार महिनादेखि रहेको बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ, ‘एक पाटो मात्रै दुख्छ, सहनै सक्दिन अनि टाउको दुखेको बेलामा वाकवाकी पनि लाग्छ ।’

त्यस्तै २० वर्षीया रमा निरौलाको पनि समस्या उस्तै छ । उहाँको दुखाइ महिनावारी हुने समयतिर बढी हुने बताउनुहुन्छ । ‘दुखाइको बेलामा आँखा हेर्न नि गाह्रो हुन्छ,’ उहाँ आफ्नो पीडा सुनाउनुहुन्छ ।

माथि उल्लेखित समस्याहरु माइग्रेन (migraine) का उदाहरण हुन् । माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो, जसलाई परापूर्वकालमा आधा कपाल दुखाइ पनि भन्ने गरिन्थ्यो । डाक्टरी भाषामा माइग्रेनलाई भास्कुलर हेड्याक (vascular headache) पनि भन्ने गरिन्छ ।

माइग्रेन जसलाई पनि हुन सक्छ । तर, यसको समस्या पुरुषभन्दा महिलामा ५ गुणा बढी देखिन्छ । जाँचहरू गर्दा कुनै समस्या नदेखिएपनि टाउको भने दुखिरहन्छ । कहिले वर्षमा १ पटक, कहिले महिनामा त कहिले दिनको चौबिसै घण्टा नै दुखिरहन्छ । एक पटक दुख्न सुरु भएपछि ४ देखि ७२ घन्टासम्म दुख्न सक्छ ।

बावुआमालाई माइग्रेनको समस्या छ भने ५० प्रतिशत छोराछोरीमा यो समस्या देखापर्ने हुन्छ । यसरी माइग्रेनलाई वंशाणुगत समस्याको रुपमा पनि हेरिन्छ भने कतिपय अवस्थामा महिलामा महिनावारी हुँदा पनि यो समस्या हुने गर्छ । सबैलाई एउटै कारणले हुन्छ भन्ने हुँदैन । कसैलाई कारक बनेको कारण कसैलाई उपचार बन्न पनि सक्छ ।

के कारणले हुन्छ माइग्रेन?

  •  बढी मानसिक चिन्ता
  •  दूध चिया र कफीको अत्याधिक सेवन
  • थकान, अनिन्द्रा वा समयमा नसुत्दा
  • गुन्द्रुक, तामा, मिठाई, सिसिमा राखिएको अमिलो अचारको सेवन
  • भिडभाड, धेरै उज्यालो, हल्ला, कोलाहल
  • परिवार नियोजनको पिल्स चक्की अथवा हर्मोनको प्रयोग
  • महिनावारीको समयमा ।माथि उल्लेखितमध्ये कुनै न कुनै कारणले मस्तिष्कमा जैविक रसायनहरूका असन्तुलन हुँदा टाउको दुख्ने वैज्ञानिकहरूको अनुमान छ । यसले गर्दा रक्तनली तथा मस्तिष्क वरिपरिका रक्तनलीहरू सुन्निन्छन् । मस्तिष्कभित्र रगत सञ्चार गर्ने रक्तनली कुनै कारणले फुल्न थाल्छ तब टाउको दुखाइ अत्याधिक मात्रामा हुन्छ । जब अलिअलि गरी नली सामान्य अवस्थामा फर्किन थाल्छ त्यति बेला दुखाइ कम हुँदै जान्छ ।

माइग्रेनका लक्षणहरू

माइग्रेन लामो समयसम्म रहने रोग हो । यसको लक्षण बिरामीपिच्छे फरक–फरक हुन सक्छन् ।
तर, धेरै जसो बिरामीमा टाउकोको एक भागमा मात्र दुख्छ । कहिलेकाहिं निधार र घाँटीतिर पनि दुख्ने समस्या हुन सक्छ ।
यसबाहेक

  • वाकवाकी लाग्ने
  • वान्ता हुने
  • उज्यालो प्रकाश, हल्ला, भिडभाड सहन नसक्ने
  • हातखुट्टा दुख्ने आदि हुन सक्छ ।

टाउको दुखाइ बल्झिनुभन्दा अघि कसै—कसैमा चिड्चिडाहापन देखापर्ने, निन्द्रा लागेजस्तो हुने लगातार हाई–हाई आउने, थकाइ लागेजस्तो हुने हुन्छ । टाउको दुखाइ सकिएको करिब २४ घण्टासम्म बिरामीले थकान महसुस गर्छन् भने मन्द टाउको दुखाइ कायमै रहन्छ ।

माइग्रेन नै हो भनेर कसरी पत्ता लगाउने?

माथि भएका कारणहरूबाट माइग्रेनको अनुमान लगाउन सकिन्छ । माइग्रेनका लागि अन्य कुनै जाँचको आवश्यकता पर्दैन । यदि माथि दिइएका लक्षण बिरामीको टाउको दुखाइसँग मेल खाँदैनन् भने चिकित्सकसँग मस्तिष्क सम्बन्धी अन्य कुनै परीक्षण जस्तै एम.आर.आई (MRI), सिटी स्क्यान (CT Scan) आदि गर्न सकिन्छ ।

रोकथाम कसरी गर्ने?

माइग्रेनको कुनै निश्चित उपचार नभएपनि हामी स्वयंले केही उपाय अपनायौं भने पीडाबाट धेरै हदसम्म मुक्त रहन सक्छौं । जुन कारणले टाउको दुखेको महसुस हुन्छ, त्यसबाट टाढै बस्नुपर्छ ।
ड्ड माइग्रेन क्याफिनले गर्दा बढ्ने भएकाले क्याफिन पाइने कुराहरू जस्तै चिया, कफी, ब्राउन चकलेट आदि कम मात्रामा खाने
ड्ड एउटै समयमा सुत्ने बानी बसाउने
ड्ड पुुरानो अचार, गुन्द्रक, तामाजस्ता खानेकुरा नखाने
ड्ड चिन्ता कम गर्ने
ड्ड पिल्स आदिले भएको हो भने डाक्टरको परामर्श लिएर परिवर्तन गर्ने
ड्ड अझिनो मोटो मिश्रित खानेकुरा नखाने
ड्ड धेरै प्रकाश, भिडभाड, कोलाहलबाट टाढै बस्ने।

उपचार के छ त?

टाउको दुखाइको समयमा दुखाइ कम गर्न दुखाइ कम गर्ने औषधि (Pain killer) प्रयोग गर्न सकिन्छ । यसले दुखाइ कम गरेपनि निर्मुल भने हुँदैन । हप्तैपिच्छे वा अझ धेरै वा पेन किलरले दुखाइ कम भएन भने रोगनिरोधक औषधि डाक्टरको परामर्श लिएर सुरु गर्न सकिन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ