२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ अहिलेको बजेटले जनतामा स्वास्थ्य सेवा पुग्दैनः स्वास्थ्यमन्त्री यादव

अहिलेको बजेटले जनतामा स्वास्थ्य सेवा पुग्दैनः स्वास्थ्यमन्त्री यादव


स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वस्थ रहेर बाच्न पाउने जनताको अधिकारलाई सुनिश्चित गरिने दाबी गरेका छन् । सोमबार राष्ट्रिय स्वास्थ्य नीति सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री यादवले सरकार संविधानले व्यवस्था गरेको नागरिकको स्वास्थ्यसँग सम्बन्धित अधिकारलाई सुनिश्चत गराउन लागि परेको जिकिर समेत गरे ।

स्वास्थ्य क्षेत्रको लागि पर्याप्त बजेट विनियोजन नभएको भन्दै उनले स्थास्थ्यका लागि बजेटको १० प्रतिशत छुट्याउनुपर्नेमा जोड दिए । सरकारले आगामी आर्थिक वर्षको लागि स्थास्थ्य ४.४८ प्रतिशत बजेट विनियोजन गरेको छ ।

फरक प्रसंमा मन्त्री यादवले नेपालमा जनशक्तिको अभाव, बजेटको अभाव, उपकरणको अभाव लगायतका कारणले स्थास्थ्य क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको स्विकार गरे । त्यस्तै उनले मन्त्रालयले दरबन्दी पुनारावोलकन सर्वेक्षण (ओएनएम) सुरु गर्ने तयारी गरेको जानकारी समेत दिए ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ‘राष्ट्रिय स्वास्थ्य नीति २०७६’ समेत सार्वजनिक गरिएको छ ।

यस्तो छ, नयाँ स्वास्थ्य नीतिः


क्याटेगोरी : जनस्वास्थ्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ