२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. विप्लव अधिकारीको सल्लाह : दन्त समस्याबाट बच्ने १४ उपाय

डा. विप्लव अधिकारीको सल्लाह : दन्त समस्याबाट बच्ने १४ उपाय


‘कोभिड-१९’ को महामारी रोक्न र फैलन नदिन विश्वकै प्रायजसो राष्ट्र लकडाउनको अवस्थामा छ । लकडाउनले गर्दा घरमै बसिरहेका मानिसहरुमा अरुबेलामा भन्दा मुख तथा दाँत सरसफाई र खानपिनमा लापरवाही बढ्दै गएको देखिन्छ । यस्ता स(साना लापरवाहीले गर्दा मानिसहरुमा मुख तथा दन्त स्वास्थ्य समस्याले सताउने सम्भावना अत्याधिक बढेको छ ।

अहिलेको समयमा दन्त स्वास्थ्य जाँच र उपचार गराउनु अत्याधिक जोखिम  भएकाले हामीले बेलैमा सावधान भई दैनिक बानीमा सुधार ल्याउन आबश्यक छ । हामीले घरमा बसी बसी दन्त स्वास्थ्य परामर्श लिन आग्रह गरेसँगै धेरैले सोध्ने गरेका छन् । हामीले फेसबुक पेज प्रिमियरबाट डेन्टलको (Premier Dental) अनलाइन परामर्शमार्फत अत्याधिक सोधिएका मुख तथा दन्त स्वास्थ्य समस्या यस प्रकार छन्ः

  • दाँत दुख्ने
  • मुखमा घाउ खटिरा आउने
  • गिजाबाट रगत आउने, सुनिने, पाक्ने र मुख खोल्न समेत गाह्रो हुने
  • श्वास गन्हाउने
  • दाँत सिरिङ्ग–सिरिङ्ग गर्ने
  • मुख तथा गाला सुनिने
  • बंगाराको पछिल्लो भागमा दुख्ने
  • बच्चाको दुधे दाँत यथावत अवस्थामा हुँदा त्यसको पछाडिबाट नयाँ दाँत पलाउने
  • मुख खोल्दा बन्द गर्दा क्याट–क्याट आवाज आउने र दुख्ने
  • दाँतको माथिल्लो भागको गिजामा पीप भरिएको सानो फोका उठ्ने र आफै फुट्ने, केही समयपछि त्यस्तै समस्या दोहोरिने र दाँतको दुखाइ भने नहुने

यस्ता समस्या आउँन नदिन र मुख तथा दन्त स्वास्थ्य सबल राख्न दैनिकी रुपमा ध्यान दिनुपर्ने कुराहरुः

१.  दिनको २ पल्ट विहान र बेलुका खाना खाएपछि फ्लोराइडयुक्त मन्जनको प्रयोग गर्ने ।

२.  ब्रस २ मिनेटभन्दा बढी समय लगाएर गर्न हुँदैन । कडा ब्रस प्रयोग गर्न हुँदैन र मन्जन निल्नु हुँदैन । यी कुरामा ध्यान पुर्याउँदा मुख तथा दाँत सफा भई सबल हुन्छ ।

३. डेन्टल फ्लसको प्रयोग गरी दिनको एक पटक २ दाँतको बीचको भागमा सफा गर्नुपर्छ । यस्तो गर्नाले दुई दाँतको बीचमा किरा लाग्ने सम्भावना कम हुन्छ ।

४. मासु, गुन्द्रुक, साग खाएपछि दाँतमा यसको अंश फसेको छ छैन । ऐनामा हेर्ने र फसेको खण्डमा तुरुन्तै निकाल्नुपर्छ । खानेकुरा अड्केको खण्डमा तुथपिक प्रयोग गर्नु हुँदैन । तुथपिकले गीजा कोट्याउँदा, गिजामा घाउँ हुने, गिजा दुख्ने र पाक्ने समस्या आउन सक्छ तसर्थ दाँत फसेको खाना निकाल्न डेन्टल फ्लस प्रयोग गर्नुपर्छ ।

५. बेला-बेलामा पर्याप्त मात्रामा पनि खाने ।

६. धेरै तातो खानेकुरा खाँदा मुख नरम छाला पाछ्ने र घाउ हुन सक्ने सम्भावना हुन्छ । तसर्थ धेरै तातो खानु हुँदैन ।

७. धेरै तातो र चिसो खानेकुरा सँगैसँगै नखाने यसो गर्दा दाँतमा क्रयाक आउन सक्छ । यस्तो अबस्थामा दाँतमा सिरिङ्ग(सिरिङ्ग गर्ने र दुख्ने सम्भावना हुन्छ ।

८. अत्याधिक मात्रामा गुलियो खानेकुरा नखाने । गुलियो खानेकुरा सेवा गर्दा दाँत किरा लाग्ने र दुख्ने सम्भावना बढी हुन्छ ।

९. अमिलो अचार, कागती, पाउ आदि सकेसम्म कम खाने । अमिलोले दाँतको इनामेलको तह घटाउँछ र दाँत सिरिङ्ग(सिरिङ्ग हुन सक्छ ।

१०. माछा-मासु खाँदा सानो हड्डीको अंश दाँतमा परी दाँत भाँचिन सक्छ । मकै भटमास खाँदा ढुंगा पर्दा पनि दाँत भाँचिन सक्छ । तसर्थ ध्यान दिएर विस्तारै खानुपर्छ ।

११. बोत्तलको विर्को मुखले खोल्नु हुँदैन । यसले भाँचिने चोइटिने सम्भावना अत्याधिक बढ्न सक्छ ।

१२. ओठ तोक्ने बानी छ भने ध्यान पुर्याउनु पर्छ । यसो गर्दा ओठमा रहेको सानो थुक ग्रन्थीमा चोट लागेर फोका उठ्न सक्छ ।

१३ . मुख तथा दन्त स्वास्थ्यमा केही समस्या आएमा मन तातो पानीमा नुन हालेर कुल्ला गर्नु पर्दछ ।

१४. बुद्धि बंगारा पलाउने अवस्थामा भई समस्या आउने सम्भावना हुन्छ । यी सबै कुरामा ध्यान दिंदा दाँतमा आउने समस्या कम हुन्छ ।

माथि उल्लेखित कुराहरुमा ध्यान दिंदै अपनाएको खण्डमा मुख तथा दन्त स्वास्थ्यमा आउने समस्या न्यून हुन्छ । यति गर्दा पनि समस्या आएमा हामीलाई फेसबुक पेज ‘Premier Dental’ मार्फत सम्पर्क राखी दन्त चिकित्सकसँग निशुल्क परामर्श लिन सक्नु हुनेछ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ