२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यधुम्रपानले बढाउदैं अन्धोपन

धुम्रपानले बढाउदैं अन्धोपन


एजेन्सी– धुम्रपान सेवनका कारण विश्वमा लाखौं मानिसहरुले आफ्नाे आँखाको ज्योति गुमाउने खतरा बढाउदैं लगेको विज्ञहरुले चेतावनी दिएका छन् ।

अन्तर्राष्ट्रिय ओप्टो मेट्रिस्टहरुको एक संस्थाले गरेको अनुसन्धानले हरेक धुम्रपान गर्ने ५ जना मानिसमध्ये एक जनालाई अन्धोपन हुने गरेको निष्कर्ष निकालेको हो । धुम्रपान र अन्धोपनाबारे सिधा सम्बन्ध नदेखिए पनि ५ जनामध्ये एकजना अन्धोपनाको शिकार हुने गरेका छन् ।

धुम्रपान गर्ने मानिसहरुले धम्रपान नगर्नेको भन्दा दुई गुणा बढीले आफ्नो दृष्टि गुमाउने गरेको बेलायतमा गरिएको सो अनुसन्धानले देखाएको छ ।

चुरोटले आँखालाई कसरी असर पार्छ ?

चुरोटमा विभिन्न प्रकारका हानिकारक रसायानहरु हुन्छन् । जसले हाम्रो आँखालाई असर पुर्याउँछन् । जस्तो कि पारो र तामाहरु आँखाको लेन्समा जम्मा हुन सक्छन् । यस्तै चुरोट सेवनका कारण मधुमेहसँग सम्बन्धि दृष्टि कमजोर बनाउँछ ।

यसले आँखाको रेटिनामा हुने रक्त कोषिका तथा रक्तनलीलाई असर गर्छ । चुरोट सेवनकर्ताहरु आफ्नो उमेरभन्दा तीन गुणा बढी उमेरमा हुने आँखाको समस्या देखा पर्छ । उनीहरुले राम्रोसग देख्न नसक्ने अध्ययनहरुले देखाएका छन् ।

२ हजार ६ जना युवाहरुमा गरिएको एक अनुसन्धानमा १८ प्रतिशतले चुरोट सेवनका कारण आँखाको देख्ने क्षमतामा कमी आएको पाइएको थियो भने ७६ प्रतिशतमा क्यान्सर सम्बन्धी रोगको सम्भावना देखिएको थियो ।

अन्तर्राष्ट्रिय ओप्टो मेट्रिस्ट संस्थाले चुरोट सेवन नगर्न आग्रह गरेको छ । आँखाको दृष्टि कमजोर नहुन दिनका लागि नियमित चेकजाच र धुम्रपान छाड्नुपर्ने बताएको छ ।

आँखाकी चिकित्सक एइसा फाजलेनीले भनिन्,‘ धेरै मानिसहरुलाई धुम्रपानले क्यान्सर लगाउने कुरा मात्र थाहा छ तर यसले आँखाको दृष्टिलाई पनि कमजोर बनाउछ भन्ने कुरा कमैलाई थाहा छ ।’ उमेर बढ्दै जाँदा आँखाको दृष्टि कम हुँदैं जाने समस्या धुम्रपान गर्नेहरुमा चाडो देखिने उनले बताइन् ।

चुरोट सेवनले आखाको क्षमता कमजोर बनाइदिने भएकाले चाडैं नै यो बानी हटाउन विज्ञहरुले सुझाव दिएका छन् ।

चुरोट सेवनक कारण आँखा कमजोर हुने, मोतीयाविन्दू हुने, आँखा चिलाउने र सुख्खा हुने, आँखाको भित्री भाग सुनिने र दुख्ने, मधुमेह भएकाहरुले खादा आँखाको रक्तनलीमा असर गर्ने जस्ता समस्याहरु देखिने अनुसन्धानमा देखिएको छ ।

आँखाको दृष्टि कमजोर हुन नदिन विज्ञहरुले चुरोट सेवन आजैबाट छाड्न आग्रह गर्दै वर्षको दुई पटक आँखा जचाउनुपर्ने सल्लाह दिएका छन् । हरियो सागसब्जी खादा आँखा स्वस्थ हुने विज्ञहरु बताउँछन् । उनीहरुले धुवाँधुलाेबाट टाढै रहन आग्रह गरेका छ्न् ।

नेपालमा ५६ प्रतिशत पुरुष र १९ प्रतिशत महिला कुनै न कुनै प्रकारको धुम्नपानको शपकारमा पर्ने गरेको एक अध्ययनले देखाएको छ ।


क्याटेगोरी : जनस्वास्थ्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ