गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने १० कुरा डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने १० कुरा डा. कीर्तिपाल सुवेदी प्रसुती तथा स्त्री रोग विशेषज्ञ | परोपकार प्रसुती गृह शुक्रबार, २०७७ साउन २३ गते, १०:५० मा प्रकाशित सामान्य अवस्थाभन्दा गर्भावस्था तुलनात्मक रुपमा संवेगात्मक एवं संवेदनशील अवस्था हो । यो बेला महिलाले आफ्नो स्वास्थ्यको धेरै हेरविचार गर्नुपर्ने हुन्छ । महिलाले गरेको सानो लापरवाही तथा हेलचेक्रयाइले मात्रै पनि आमा–शिशु दुवैको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । कतिपय अवस्थामा गर्भपतन हुने सम्भावना पनि हुने भएकोले गर्भावस्थामा आमामा देखिएको सानो परिवर्तनलाई पनि विशेष रुपमा ध्यान दिनुपर्दछ । गर्भावस्थामा महिलामा प्रत्येक महिना क्रमिक रुपमा केही न केही परिवर्तन त देखि नै रहन्छन् । तीमध्ये केही सामान्य हुन्छन् भने केहीले जटिल अवस्थातर्फ संकेत दिइरहेका हुन्छन् । तसर्थ, यस्तो समयमा हामीले देखिएका प्रत्येक परिवर्तनलाई ध्यानपूर्वक नियाल्नु पर्छ । भनेपछि के हुन् त? गर्भावस्थामा दैनिक ध्यान दिनुपर्ने मुख्य कुराः गर्भावस्थामा मुख्य रुपमा ध्यान दिनुपर्ने कुराहरुः नियमित चेक जाँच गराउने । शिशु चल्न थालेपछि १ दिनमा कम्तिमा पनि १२ देखि १४ पटकसम्म शिशु चले वा नचलेको ख्याल राख्ने । रक्तस्राव एवं सेतो पानी बगे—नबगेको ध्यान दिने । आफ्नो तौल कत्तिको मात्रामा बढिरहेको छ, त्यो पक्षमा ध्यान दिने । गर्भावस्थामा कसैको तौल नबढ्ने हुन्छ भने कसैको ह्वात्तै बढ्छ । गर्भावस्थामा गर्भवती कम्तिमा १० किलोसम्म बढ्नु सामान्य भएतापनि एकैचोटी तौल बढ्ने लक्षण थाइराइडको समस्या पनि हुनसक्छ । जसमा कसैको तौल १ महिनाको अवधिमा नै एकैपटक ३–४ केजी बढ्न सक्छ । जुन आमा तथा शिशु दुवैको निम्ति हानिकारक मानिन्छ । तसर्थ यस पक्षमा विशेष ध्यान दिने । गर्भवती महिलालाई स्याँ–स्याँ हुने समस्या देखिन्छ । तर, सामान्य रुपमा बाथरुम तथा ट्वाइलेट बस्दा श्वास फेर्न गाह्रो हुने, मुटु दुखेजस्तो हुने तथा मुटु धेरै धड्किने भएमा मुटुरोगको लक्षण हुनसक्छ । यस्तो भएमा चिकित्सकको तुरुन्त सल्लाह लिने । टाउको दुख्ने, आँखा धमिलो हुने र पेट दुख्ने लक्षण उच्च रक्तचापका लक्षण हुन् । तसर्थ, नियमित रक्तचाप परीक्षण गर्ने । पौष्टिक एवं उचित आहार खाने । बिबिरा नदेखिकन शरीर चिलाउन थालेमा गर्भवतीमा जोखिम बढ्दछ । तसर्थ, यस्ता समस्या आफूलाई देखा परे वा नपरेको ध्यान दिने । जण्डिस गर्भवतीका लागि जोखिमपूर्ण समस्या हो । तसर्थ, शरीरमा पहेलो देखिए वा नदेखिएको ख्याल गर्ने । ज्वरो आएमा, पिसाब पोल्ने समस्या भएमा वा पिसाब छिटो–छिटो लागेमा पनि तुरुन्त चिकित्सकको परामर्श लिने । प्रस्तुतीः सृजना मगर क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? डा. पुष्पमणि खरालको सल्लाहः किन हुन्छ श्वास गन्हाउने समस्या ? डा. दिपक मल्लको सल्लाह : यसरी बच्न सकिन्छ मधुमेह रोगबाट भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ?… कस्तो समस्या भएमा बोली तथा सुनाइको थेरापी गर्ने ? धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ५ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ६ योग के हो ? यसका प्रकार र फाइदा ७ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? एक्सनमा वीरका निर्देशक डा. पौडेलः सेवा प्रवाहदेखि कार्यालय समयसम्ममा कडाइ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई दशैंका के खाने, कसरी खाने ? विपीको विशेषज्ञ चिकित्सा भर्ना प्रकृया विवादः सर्वोच्चले बोलायो दुवै पक्षलाई स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? एक्सनमा वीरका निर्देशक डा. पौडेलः सेवा प्रवाहदेखि कार्यालय समयसम्ममा कडाइ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई दशैंका के खाने, कसरी खाने ? विपीको विशेषज्ञ चिकित्सा भर्ना प्रकृया विवादः सर्वोच्चले बोलायो दुवै पक्षलाई