गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने १० कुरा डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने १० कुरा डा. कीर्तिपाल सुवेदी प्रसुती तथा स्त्री रोग विशेषज्ञ | परोपकार प्रसुती गृह शुक्रबार, २०७७ साउन २३ गते, १०:५० मा प्रकाशित सामान्य अवस्थाभन्दा गर्भावस्था तुलनात्मक रुपमा संवेगात्मक एवं संवेदनशील अवस्था हो । यो बेला महिलाले आफ्नो स्वास्थ्यको धेरै हेरविचार गर्नुपर्ने हुन्छ । महिलाले गरेको सानो लापरवाही तथा हेलचेक्रयाइले मात्रै पनि आमा–शिशु दुवैको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । कतिपय अवस्थामा गर्भपतन हुने सम्भावना पनि हुने भएकोले गर्भावस्थामा आमामा देखिएको सानो परिवर्तनलाई पनि विशेष रुपमा ध्यान दिनुपर्दछ । गर्भावस्थामा महिलामा प्रत्येक महिना क्रमिक रुपमा केही न केही परिवर्तन त देखि नै रहन्छन् । तीमध्ये केही सामान्य हुन्छन् भने केहीले जटिल अवस्थातर्फ संकेत दिइरहेका हुन्छन् । तसर्थ, यस्तो समयमा हामीले देखिएका प्रत्येक परिवर्तनलाई ध्यानपूर्वक नियाल्नु पर्छ । भनेपछि के हुन् त? गर्भावस्थामा दैनिक ध्यान दिनुपर्ने मुख्य कुराः गर्भावस्थामा मुख्य रुपमा ध्यान दिनुपर्ने कुराहरुः नियमित चेक जाँच गराउने । शिशु चल्न थालेपछि १ दिनमा कम्तिमा पनि १२ देखि १४ पटकसम्म शिशु चले वा नचलेको ख्याल राख्ने । रक्तस्राव एवं सेतो पानी बगे—नबगेको ध्यान दिने । आफ्नो तौल कत्तिको मात्रामा बढिरहेको छ, त्यो पक्षमा ध्यान दिने । गर्भावस्थामा कसैको तौल नबढ्ने हुन्छ भने कसैको ह्वात्तै बढ्छ । गर्भावस्थामा गर्भवती कम्तिमा १० किलोसम्म बढ्नु सामान्य भएतापनि एकैचोटी तौल बढ्ने लक्षण थाइराइडको समस्या पनि हुनसक्छ । जसमा कसैको तौल १ महिनाको अवधिमा नै एकैपटक ३–४ केजी बढ्न सक्छ । जुन आमा तथा शिशु दुवैको निम्ति हानिकारक मानिन्छ । तसर्थ यस पक्षमा विशेष ध्यान दिने । गर्भवती महिलालाई स्याँ–स्याँ हुने समस्या देखिन्छ । तर, सामान्य रुपमा बाथरुम तथा ट्वाइलेट बस्दा श्वास फेर्न गाह्रो हुने, मुटु दुखेजस्तो हुने तथा मुटु धेरै धड्किने भएमा मुटुरोगको लक्षण हुनसक्छ । यस्तो भएमा चिकित्सकको तुरुन्त सल्लाह लिने । टाउको दुख्ने, आँखा धमिलो हुने र पेट दुख्ने लक्षण उच्च रक्तचापका लक्षण हुन् । तसर्थ, नियमित रक्तचाप परीक्षण गर्ने । पौष्टिक एवं उचित आहार खाने । बिबिरा नदेखिकन शरीर चिलाउन थालेमा गर्भवतीमा जोखिम बढ्दछ । तसर्थ, यस्ता समस्या आफूलाई देखा परे वा नपरेको ध्यान दिने । जण्डिस गर्भवतीका लागि जोखिमपूर्ण समस्या हो । तसर्थ, शरीरमा पहेलो देखिए वा नदेखिएको ख्याल गर्ने । ज्वरो आएमा, पिसाब पोल्ने समस्या भएमा वा पिसाब छिटो–छिटो लागेमा पनि तुरुन्त चिकित्सकको परामर्श लिने । प्रस्तुतीः सृजना मगर क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु… डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के… परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ?