२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसीओपीडी (COPD) रोग भनेको के हो ? यसबाट कसरी बच्ने ?

सीओपीडी (COPD) रोग भनेको के हो ? यसबाट कसरी बच्ने ?


सीओपीडीअर्थात् क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिजले फोक्सोमा, श्वासप्रश्वासमा अवरोध सिर्जना गरिरहेको हुन्छ । यो रोग लागिसकेपछि मानिसहरुमा श्वासप्रश्वासमा समस्या आउन्छ । यसले क्रमसः बिरामीको फोक्सो बिग्रार्दै लैजान्छ ।

नेपालमा सीओपीडी हुनुमा धुवाँ, वायु प्रदुषण, धुम्रपान र वंशाणुगत गुणहरुले प्रभाव पारिरहेको आवस्था छ । नेपालमा प्रायः दाउरामा खाना पकाउने हुनाले पनि सिओपिडीको समस्या दिन प्रतिदिन बढिरहेको छ । बिरामीले धुलो धुवासँग लामो समयमा बस्नाले फोक्सोका नलीहरु साँगुरिने हुन्छन् ।

सीओपीडीलाई पनि रोकथाम गर्न सकिन्छ । यसका लागि मानिसहरुले वायु प्रदुषणबाट बच्नुपर्छ । र, धुम्रपानलाई त्याग्नु पर्दछ । सीओपीडीमा मुख्यतयाः मानिसमा स्वाँ—स्वाँ हुने खकार निस्कने र खोकी लाग्ने हुन्छ । सीओपीडीले बिरामीलाई निकै दुःख दिएको अवस्थामा औषधि दिने र खोपहरु लागाउनु पर्दछ । धेरै नै गाह्रो भएको अवस्थामा अस्पतालमा नै भर्ना भएर उपचार गर्न आवश्यक देखिन्छ ।

सीओपिडीका लक्षणहरु

  • छिटो—छिटो सास फेर्ने, कसरत गरेको बेलामा अलि बढी हुने
  • खोकी र खकारसँगै आउने र सजिलोसँग निको नहुने
  • छातीमा संक्रमण हुने
  • लगातार घाटीमा खसखस हुने, छाती दुख्ने
  • हरेक राती खकार निस्कने
  • लगातार रुघाखोकी अन्य श्वास सम्बन्धी समस्या हुने
  • कमजोर महसुस हुने
  • श्वास फेर्दा छात्तीबाट घ्वार—घ्वार आवाज आउने
  • सुरु–सुरुमा यस्तो लक्षण हप्ता वा अझै लामो अन्तरालमा एक पटक हुने गर्छ ।
  • रोग जटिल हुँदैं गएको खण्डमा दिनहुँजस्तो समस्या आइपर्छ ।
  • घ्वार–घ्वारजस्तै खोकी र श्वास फेर्दा सुसेल्न खोजेजस्तो आवाज आउन सक्छ ।
  • सुख्खा खोकीको समस्या दिउँसोमा भन्दा विहान र साँझ बितेपछि बढी देखिन्छ । कसै—कसैलाई भने दमको समस्या नभई खोकी मात्र लाग्ने पनि हुन्छ ।
  • दम एलर्जीको कारणबाट सिर्जित रोग भएका कारण बिरामीलाई रुघा लागिरहने, शरीर चिलाउने र हाच्छ्यु आइरहने पनि हुन सक्छ ।
  • छात्ती कस्सिएजस्तो वा केही कुराले थिचिराखेजस्तो हुने, लामो श्वास तान्न खोज्दा र श्वास फाल्न खोज्दा बढ्दा गाह्रो हुन्छ ।

सिओपिडीका कारण

  • अधिकांश बिरामीमा चुरोट सेवनबाट यो रोग लाग्दछ ।
  • घरमा दाउराबाट र वायु प्रदुषणबाट यो रोग लाग्छ ।

जोखिमहरु

  • अत्याधिक चुरोट सेवन गर्नाले र चुरोट सेवन गर्नेको नजिक बसेमा
  • धुलो र रसायनिक धुलोमा काम गरेमा
  • इन्धनको धुवाबाट नजिक बसेमा

सीओपीडीबाट कसरी बच्ने

  • वायु प्रदुषणबाट बच्ने
  • कार्यस्थलमा भएका रसायनिक टाढा रहने
  • स्वस्थ जीवनशैली उपनाउने
  • धुम्रपान नगर्न र टाढा रहने

सीओपीडीको उपचार पद्धति

  • सीओपीडीकाे अवस्था पूर्ण रुपमा उपचार छैन । तर, यसलाई रोकथाम गर्ने र लक्षणलाई रोकथाम गर्न धुम्रपान नगर्ने ।
  • औषधि प्रयोग
  • अक्सिजन थेरापी
  • सर्जरी वा फोक्सो प्रत्यारोपण
  • नेबुलाइभर लिने
  • जहिले डाक्टरको सम्पर्कमा रहने र उपचार गर्ने ।
  • ठाउँ हेरेर क्लिनिकल जाँचबाट र केवल लक्षणको आधारमा रोगको निदान गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा ल्याब टेस्टमा कुनै गडबडी नदेखिने पनि हुन सक्छ ।
  • सम्भव छ भने ‘पल्मोनरी फङ्न टेष्ट’ पीएफटी ९क्उष्चयmभतचथ त्भकत० गरेर यो रोगको निदान गर्न सकिन्छ ।
  • विशेषतः पीएफटी गर्दाको औषधिले श्वासको प्रवाहमा सुधार भएको देखिएमा दम रोगको निदान गर्न सजिलो हुन्छ ।
  • रगतमा ‘इओसिनोफिल’ बढेको देखिएमा दमको सम्भावना रहन्छ ।
  • कहिलेकहिँ छाती एक्स–रे तथा सीटी स्क्यान पनि गर्नुपर्ने हुन सक्छ । जसमा केही गम्भीर किसिमका परिवर्तनहरु देखिन सक्छन् ।


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ