२०७८ असोज ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यआत्तिहाल्नुपर्दैन हङकङ फ्लुबाट

आत्तिहाल्नुपर्दैन हङकङ फ्लुबाट


डा. शेरबहादुर पुन
रिसर्च प्रमुख
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

के हो हङकङ फ्लु ?
इन्फ्लुएन्जा ए, बी, र सी गरी तीन प्रकारका हुन्छन् । त्यसमा पनि ए र बी इन्फ्लुएन्जाले मानिसलाई बढी संक्रमण गर्छ । दुईमध्ये पनि बी इन्फ्लुएन्जाले वर्षमा दुई–तीनपटकसम्म व्यापक असर गरेको देखिन्छ । स्वाइन फ्लु (एच वान एन वान) र हङकङ फ्लु (एच थ्री एन टु) इन्फ्लुएन्जा एअन्र्तगत पदर्छ ।
अहिले हङकङ फ्लु सबैको चासोको विषय बनेको छ किनभने सन् २०१५/०१६ मा स्वाइन फ्लुले भन्दा यही फ्लुले बढी प्रभाव पारेको छ । २०औँ शताब्दीमा फैलिएको तीन प्रमुख पान्डामिक फ्लुअन्र्तगत हङकङ अन्तिम फ्लु हो ।
यो १९६८ देखि १९७० सम्म विश्वव्यापी रूपमा फैलिएको थियो । यस अवधिमा करिब ४० लाख मानिसको ज्यान यसैका कारण गएको अनुमानित तथ्यांक देखिन्छ । यो फ्लु हङकङमा पहिलोपटक देखिएको हुनाले यो रोगलाई हङकङ फ्लुको नामले चिनिन गएको हो । चाखलाग्दो कुरा के हो भने यसले झन्डै दुई सातामा पाँच लाखभन्दा बढी व्यक्ति संक्रमित भएका थिए । यो भाइरसले सबैभन्दा बढी प्रभाव भने संयुक्त राज्य अमेरिकामा पारेको थियो । हरेक वर्ष देखा पर्दै आएकाले यसलाई विश्व स्वास्थ्य संगठनले मौसमी फ्लुअन्तर्गत राखेको छ ।

लक्षणहरू
उच्च ज्वरो ।
घाँटी खसखस गर्नु ।
छाती तथा टाउको दुख्नु ।
श्वासप्रश्वासमा अवरोध हुन्छ तथा शरीर दुख्छ ।
समयमा नै ध्यान नदिए निमोनिया हुन सक्छ ।
समयमा ध्यान नदिँदा यिनै संक्रमणका कारण मृत्यु पनि हुन सक्छ ।
आत्तिहाल्नुपर्दैन हङकङ फ्लुबाट
रोग निदान कसरी गर्ने
संक्रमित व्यक्तिको कफलाई प्रयोगशालामा परीक्षणबाट यसको निदान गर्न सकिन्छ । निदान भइसकेको व्यक्तिको परिवारका सदस्यहरूमा पनि मिल्दोजुल्दो लक्षण देखिएमा त्यसलाई निदान गर्न सहज हुन्छ ।
कुनै एक क्षेत्रमा यसको महामारी फैलिएको छ र सो स्थानबाट आएको व्यक्तिमा लक्षण देखिएमा रोग लागेको आशंका गर्न सकिन्छ ।
हाल काठमाडौंमा यसको संक्रमण प्रमाणित भइसकेको छ ।
यदि यसकै जस्तो लक्षण भए पनि प्रयोगशालाबाट हङकङ फ्लु भएको प्रमाणित हुन सकेन भने अन्य संक्रमणको परीक्षण गर्नुपर्छ।
लक्षणहरू अन्य सरुवा रोगकै जस्तो धेरै मिल्दोजुल्दो पनि हुन्छन् ।

उपचार तथा सुरक्षा
लक्षणका आधारमा उपचार गरिन्छ ।
सामान्य छ भने घरेलु उपचार र कडा खालको छ भने स्वास्थ्यकर्मीको सम्पर्कमा रही उपचार गर्न सकिन्छ ।
सामान्य भनेको ज्वरो कम भएमा (१०० डिग्रीभन्दा कम) र कडा खोकी नभएको, श्वासप्रश्वास अवरोध नभएकोलाई बुझिन्छ ।
यस्तो वेलामा घरमा झोलीयुक्त पदार्थ प्रशस्त खाएर आराम गर्नुपर्छ ।
त्यस्तै, कडा ज्वरो भएको (१०० डिग्रीभन्दा माथि) तथा कडा खोकी, श्वासप्रश्वासमा अवरोध भए स्वास्थ्यकर्मीको निगरानीमा उपचार गर्नुपर्छ ।
संक्रमित भइसकेको अवस्थामा परिवारका अन्य सदस्यहरूलाई संक्रमण फैलन नदिनु राम्रो हुन्छ ।

जोगिने उपाय
खोक्दा वा हाच्छ्युँ गर्दा मुख छोप्ने
संक्रमितले प्रयोग गरेका सामग्री अरूले प्रयोग नगर्ने
जथाभावी सामान नचलाउने
संक्रमित भइसकेको छ भने सकेसम्म सार्वजनिक स्थानमा नजाने
सार्वजनिक स्थानमा गएर आएपछि साबुनपानीले राम्ररी हात धुने
मास्कले पनि केही हदसम्म भाइरस सर्न रोक्ने हुँदा यसको प्रयोग गर्ने
यसबाट बच्नका लागि केही वर्षदेखि व्यापक प्रचारप्रसार भए तापनि त्यति सुधार हुन सकेको छैन । यसबाट बच्न विकसित
देशहरूले अन्य फ्लुकै जस्तो खोप दिएको पाइन्छ । सो खोप प्रभावकारी रहेको कुरालाई नकार्न सकिँदैन । हाम्रो छिमेकी देश भारतले पनि यस्तै उपचार प्रयोगमा ल्याएको छ । सरकारले विशेष पहल गर्ने हो भने जोखिम समूहले विशेष फाइदा लिन सक्छन्।

जोखिम वर्ग
६५ वर्षमाथिका वृद्धवृद्धा र पाँच वर्षमुनिका बालबालिका दीर्घरोगीहरू खासगरी—
दम,
मधुमेह,
उच्च रक्तचाप,
रोगप्रतिरोधी क्षमता कम भएका,
गर्ने ?
अन्य फ्लुजस्तो हङकङ फ्लुबाट अत्तिहाल्नुपर्ने अवस्था भने हुँदैन । यो हरेक वर्ष देखा पर्दै आएको छ । हामीमा भएको रोग प्रतिरोधात्मक क्षमतालाई दह्रो बनाउन सकिएमा यसबाट सजिलै बच्न सकिन्छ । सरकारले हङकङ फ्लुका साथै अन्य फ्लुबाट बचाउन बच्चालाई यसविरुद्धको भ्याक्सिन उपलब्ध गराउनुपर्छ । त्यसैगरी, यो फ्लुको जिन परिर्वतन भए/नभएको भन्ने विषयमा सरकारले अनुसन्धान गर्नुपर्ने देखिन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)