×
२०७८ वैशाख ४, शनिबार
×
गृहपृष्ठजनस्वास्थ्यकिन खिइन्छ घुँडाको जोर्नी ? के हो जोर्नी प्रत्यारोपण ?

किन खिइन्छ घुँडाको जोर्नी ? के हो जोर्नी प्रत्यारोपण ?


सामान्यतयाः केही कारण खिइएको र बिग्रेको हड्डीलाई कृत्रिम जोर्नीले रुपान्तरण गर्ने प्रकियालाई जोर्नी प्रत्यारोपण सर्जरी भनिन्छ । यसलाई अंग्रेजीमा अर्थोप्लास्टिक सर्जरी भनिन्छ ।

खिइएको जोर्नीलाई सामान्य बनाउन आर्टिफिसियल जोर्नी जोडिन्छ ।

घुँडामा चोट लाग्दा, युरिक एसिड, बाथ रोग, इन्फेक्सन, हड्डी भाँचिनेजस्ता समस्याले गर्दा घुँडाको जोर्नी खिइने गर्छ । यसको साथै उमेर बढ्दै गएपछि घुँडाको समस्या बढ्ने र खिइने समस्या आउन सक्छ ।

घुँडाको जोर्नी खिइएपछि कस्ता लक्षण देखिन्छन् ?

घुँडा खिइने क्रम तीन चरणमा हुन्छ । चरणअनुसार माइल्ड, मोडरेट र सिभियर गरेर तीन चरणमा घुँडा खिइने भएकाले यसका लक्षणहरु पनि अलि फरक हुन्छन् ।

माइल्ड स्टेज
—उकालो—ओरालो हिड्दा बढी दुख्ने
—समथर ठाउँमा हिड्दा अलि कम दुख्ने
—पलेटी कस्न र टुक्रुक्क बस्न गाह्रो हुने
—निन्द्रामा पनि दुखेको जस्तो अनुभव हुने

मोर्डेट स्टेज
—समथर ठाउँमा हिड्दा पनि बढी दुख्ने
—उकालो ओरालो गर्न गाह्रो हुने
—पलेटी कस्न र टुक्रुक्क बस्न अझै गाह्रो हुने

सिभियर स्टेज
—पलेटी कस्न र टुक्रुक्क बस्न नसकिने
—उकालो—ओरालोमा लठ्ठीको सहायताले पनि हिड्न गाह्रो
—घुडा बाङ्गो हुँदै जाने

व्यवस्थापन कसरी गर्ने ?

सबै स्टेजमा जोर्नी प्रत्यारोपण गर्नु पर्दैन् । बिरामीको घुँडा खिइन थालेको पहिलो स्टेजमा थाहा भयो भने पहिलो चरणमा दुखाइ कम गर्नुपर्छ । त्यसका लागि औषधीहरु खानुपर्छ । दोस्रोमा दैनिकी जीवनशैलीका क्रियाकलापहरु परिवर्तन गर्ने । पलेटी कस्ने, टुक्रुक्क बस्नेजस्ता बानीहरु परिवर्तन गर्नुपर्छ । ट्वाइलेटमा प्यानको साटो कम्बोडको प्रयोग गर्नुपर्छ । यसो गरेमा एक त बिरामीलाई दुखाइ कम हुन्छ अर्को घुँडा खिइने क्रम पनि कम हुन्छ । यो स्टेजमा थाहा भयो भने जोर्नी खिइनबाट बच्छ ।

औषधी खाने, दैनिक क्रियाकलाप परिवर्तनसँगै फिजियो थेरापी पनि घुँडा खिइनेबाट रोक्न महत्वपूर्ण हुन्छ । फिजियो थेरापीको माध्यमबाट घुँडा र खुट्टाको मासुलाई बलियो बनाउने । यो बलियो बनाउँदा घुँडामा बढी जोड पर्दैन्, मासुले वेट लिएर जान्छ । जसका कारण घुँडामा बढी भार पर्दैन ।

यी तीन वटा कुरा पहिलो स्टेजमा गरियो भने पाँच वर्षमा मोर्डेड स्टेजमा पुग्थ्यो भने सामान्यतयाः त्यसमा पुग्न १० वर्ष लाग्छ । मोर्डेट स्टेजमा गर्ने पनि यही विधीहरु हुन् । दुखाइ कम गर्ने औषधीहरु खाने, फिजियो थेरापी गर्ने, आफ्ना दैनिक क्रियाकलापहरु (टुक्रुक्क नबस्ने, उकालो—ओरालो हिँडदा लठ्ठीको सहायता लिने, ट्वाइलेटमा कम्बोड प्रयोग गर्ने) परिवर्तन गर्ने नै हो । मोर्डेट स्टेजमा यस्ता कामहरु गरियो भने सिभियर स्टेजमा पुग्नका लागि समय लाग्छ ।

सिभियर स्टेजमा पुगिसकेपछि जोर्नी प्रत्यारोपणबाहेक अर्को विकल्प छैन । औषधीको प्रयोगले मात्रै दुखाइ कम हुँदैन्, केही दिन कम भएजस्तो भएपनि त्यसपछि दुख्न थालिहाल्छ । दुई वटा जोर्नीहरु खिइएर एकआपसमा घर्षण हुने भएकाले पीडा हुन्छ । त्यसकारण जोर्नी प्रत्यारोपणको विकल्प हुँदैन । सबैभन्दा उत्तम उपाय माइल्ड र मोर्डेटमै उपचार हुनु राम्रो हुन्छ ।

कस्तो अवस्थामा जोर्नी प्रत्यारोपण सर्जरी गर्नुपर्छ ?

जोर्नी खिइसकेपछि पहिलो समस्या भनेको दुखाइ हो । हिड्न गाह्रो हुने, आफ्नो दैनिक काम गर्न असहज हुने, जोर्नी दुख्ने, आफूलाई अपाएचजस्तो अनुभव हुने र घुँडाको हड्डी खिइदँै गयो भने घुँडा बाँगिने गर्छ । जसकारण यसको सर्जरी जरुरी हुन जान्छ ।

प्रत्यारोपणका फाइदा
—दुखाइको अनुभव हुँदैन् ।
—जोर्नी नखिइएको अवस्थाकै अनुभव हुन्छ ।
—दैनिक कार्य गर्न सहज हुन्छ ।
—विस्तारै बाँगिएका हाडहरु सिधा हुन्छन् ।
—मनोबल बढ्छ ।

अर्थोप्लास्टिक सर्जरी हाडजोर्नीको सबैभन्दा मेजर शल्यक्रिया हो । प्रत्येक शल्यक्रिको जटिलता हुन्छ । शल्यक्रिया पछि घाउ पाक्न सक्छ । जोर्नीहरुको छेउ—छेउमा भएका हड्डीहरु भाँचिने सम्भावना हुन्छ । खुट्टाको नसाहरुमा रगत जाम हुन सक्ने हुन्छ । तर, यो सबै सय जनाको शल्यक्रिया गर्दा कम्तिमा २ देखि ३ जनामा हुन सक्छ । त्यसकारण सर्जरी गर्नुपूर्व र गरेपछि अपनाउनु पर्ने विधि अपनाएर मात्रै शल्यक्रिया गरेमा जटिलताको सम्भावाना कम हुन्छ ।

दुवै खुट्टाको जोर्नीको प्रत्यारोपण कसरी हुन्छ ?

सामान्यतयाः यस्तो अवस्थामा एकैपटक दुईवटा खुट्टाको जोर्नीको प्रत्यारोपण गर्न सकिन्छ । नेपालमा पनि गर्ने गरिन्छ । बाहिरतिर गरिरहेका पनि छन् । तर, एकै सेटिङमा यो शल्यक्रिया गर्नुपर्ने हुन्छ । तर, अहिले एकैपटक दुई वटा घुँडाको जोर्नी एकै सेटिङमा शल्यक्रिया नगर्नु भन्ने नयाँ कुरा आएको छ । किनभने, सर्जरीमा एकैपटक दुईवटा प्रत्यारोपण गर्दा जटिलता झनै बढी देखिने, रगतको नसा जाम हुने सम्भावना बढी हुने, फिजियोथेरापी पनि गर्न कठिन हुने र सर्जरी पनि लामो हुन जान्छ ।


क्याटेगोरी : जनस्वास्थ्य


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)