२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यग्याष्ट्रिक के कारणले हुन्छ ? कसरी व्यवस्थापन गर्ने ? 

ग्याष्ट्रिक के कारणले हुन्छ ? कसरी व्यवस्थापन गर्ने ? 


हामीले केही खानेकुरा खाँदा खाना नली हुँदै आन्द्राको माथिल्लो भागमा पुग्छ, जसलाई आमाशय भन्छौं ।  आमाशयको विशेषण शब्द चाहिँ ग्यास्ट्रिक हो । यो एउटा रोग होइन्, यो शब्द विशेषण हो ।

तर, हाम्रोमा भने आमाशयमा  घाउँ भयो,  सुनियो वा रातो भयो भने ग्याष्ट्रिक भन्ने गरिन्छ । यसलाई मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनिन्छ । यसलाई नै आम जिब्रोमा ग्याष्ट्रिक भन्ने गरिन्छ ।

ग्यास्ट्राइटिसका लक्षणहरुः

  • पेट ढुस्स  हुने
  • वाकवाक लाग्ने
  • चाडै अघाएको महसुस हुने
  • पेटको माथिल्लो भाग पोल्ने
  • अमन हुने
  • पेट फुल्ने
  • भोकै बस्दा खाली पेटमा वा खाने बित्तिकै दुख्ने या पोल्ने
  • डकार बढी आउने

ग्यास्ट्राइटिस कारण

एउटा विशेष प्रकारको ब्याक्टेरिया हुन्छ, जसलाई हामी हेलिको ब्याक्टर पाइलोरी भन्छौं । त्यसले आमाशयको भित्री भागमा धेरै घाउ बनाउने, एसिड धेरै उत्पादन गर्ने, सुरुमा सुनिने रातो हुने जुन बढ्दै गएपछि अल्सर समेत् हुन्छ। त्यसलाई नै ग्याष्ट्रिक भन्छौं ।

साधारणतयाः ग्याष्ट्रिक विकासित देशमा हेर्ने हो भने ४० प्रतिशत व्यक्तिको हाराहारीमा त्यहि ब्याक्टेरियाको कारणले  हुन्छ। तर, हाम्रो जस्तो अबिकसित् मुलुक जहाँ स्वास्थ्य खानपान, सरसफाइमा पछाडी छौं, ब्याक्टेरियाको ग्यास्ट्राइटिस ७० प्रतिशतमा देखिन्छ । यहाँ यसको प्रभाव धेरै बढी छ ।

खुशीको कुरा यो ब्याक्टेरियाको संक्रमण नै भयेपनि २० देखि ३० प्रतिशत व्यक्तिलाई मात्रै घाउ बनाउने हुन्छ। तर, बाँकी  झन्डै ७० प्रतिशतलाई त्यसले कुनै हानी गर्दैन।

प्रायलाई चाहिँ साधारण ग्याष्ट्रिक हुन्छ र तीमध्ये थोरै समुदायलाई मात्र अल्सरमा परिणत गर्छ  । तीमध्ये पनि थोरैलाई अल्सर हुँदा लामो समयसम्म संक्रमण भयो भने क्यान्सर पनि हुनसक्छ ।

ग्यास्ट्राइटिस अन्य कारणहरुमा नदुख्ने औषधीको सेवन गर्दा पनि हुन्छ। जस्तोः हामी टाउँको दुख्दा, ढाड दुख्दा निम्स, ब्रुफिन जस्ता औषधी प्रयोग गर्छौं, त्यसले ग्याष्ट्रिक गराउँछ । तेस्रो कारण मद्यपान, धुम्रपान गर्ने व्यक्तिमा यो समस्या देखिन्छ। चौथो कारण भनेको धेरै समयसम्म भोकै बस्ने, पर्याप्त नसुत्ने र तनावले पनि ग्याष्ट्रिक उत्पादन गराउँछ । यसको सम्बन्ध तनावसँग पनि छ ।

आमाशयमा केही रोग नहुने तर मिर्गौला, फोक्सो, मुटु र कलेजोको रोगजस्ता दीर्घ रोगीहरुमा पनि बढी एसिड पैदा हुन्छ । रोगको तनाव बढी भई आमाशयमा रगत प्रवाह कम हुने हुँदा पनि ग्याष्ट्रिक वा अल्सर हुन्छ । कुनै पनि संक्रामक रोगलाई ठिक पार्न हामी एन्टीबायोटिक खान्छौं, त्यसले पनि ग्याष्ट्रिक गराउँछ । फुड पोइजनिङ् वा पानीको माध्यमबाट भाइरस पस्यो भने पनि ग्यास्ट्रिक हुन्छ, जुन ५–६ दिनपछि विस्तारै ठिक हुन्छ।

ग्यास्ट्राइटिस व्यवस्थापन कसरी गर्ने ?

हामी कहाँ आउने बिरामीलाई नियमित खानपान वा पेनकिलरहरु औषधी खाएको छ छैन भन्ने कुराको सोधपुछ गर्छौ। त्यति गर्दा पनि पत्ता लागेन भने किटाणु छ कि छैन हेर्न इन्डोस्कोपी गर्छौ । त्यहाँ क्यामराको मद्दतले हामी ग्याष्ट्रिकको असर कतिको छ, ब्याकटेरिया छ, छैन हेर्ने गर्छौं । त्यो हेलिको ब्याक्टर पाइलोरी भन्ने किटारु सानो किटको सहायताले हामी इन्डोस्कोपी गर्दा नै केही मिनेटभित्रै पत्ता लगाउछौ। किटको  रङ परिवर्तन भएमा ब्याक्टेरिया छ भन्ने हुन्छ र त्यसलाई निको गर्न एन्टीबायोटिक औषधी दिने गर्छौं, जसले गर्दा किटाणु मर्छ  अनि ग्याष्ट्रिक निको हुन्छ ।

यदि ब्याक्टेरिया फेला परेन भने पनि सुन्निएको वा घाऊ छ भने हामी मासुको सानो डल्ला बयोप्सी लिएर प्रयोगशालामा पठाउँछौं अनि त्यसको रिपोर्टको आधारमा उपचार् गर्छौ।

अल्सर पत्ता लाग्यो र क्यान्सर देखियो भने सुरुको अवस्थामा हो भने त्यो घाउँ भएको ठाउँ काटेर फाल्दा क्यान्सरबाट समेत मुक्त गर्न सकिन्छ । त्यसैले, इन्डोस्कोपी गराउनु निकै जरुरी हुन्छ ।

आमाशयमा खाना पचाउने ग्रन्थीहरु हुन्छन् । त्यसमा पनि ‘ग्यास्ट्रिक एसिड’ निकाल्ने ग्रन्थी उत्पादन हुन्छ। अर्को प्रोटिन पचाउने इन्जाइम पेप्सिन उत्पादन हुने ग्रन्थी हुन्छ। तपाईंले खाए पनि नखाए पनि सिमित मात्रामा २४ सै घण्टा एसिड उत्पादन हुन्छ । हामी जब खाना खान्छौं, त्यो बेलामा तीव्र रुपमा अलि बढी उत्पादन हुन्छ ।

खाएको बेलामा एसिड उत्पादन भयो भने खाना पचाउन सघाउ पुर्याउछ।तर, लामो समयसम्म भोकै हुनहुन्छ, केही खानु भएको छैन भने त्यस समय जति पनि एसिड उत्पादन भएको एसिड छ, त्यसले आमाशयको भित्ता ‘झिल्ली’लाई खान थाल्छ । त्यहीबाट चाहिँ ग्याष्ट्रिकको समस्या सिर्जना हुन्छ । त्यसकारण हामीले धेरै समयसम्म भोको पनि बस्न हुँदैन ।

धेरै खादा पनि पेटलाई भार हुन्छ । हामी पुरा अघाउने गरि डकार आउन्जेल खाने गर्छौ। त्यो कहिले पनि गर्न हुँदैन् । भरपेट खाना खाए पनि पचाउने छमता भने सिमित मात्र हुन्छ, बढी खाँदा एसिडले पचाउन भ्याउँदैन् । नपचेपछि पेट ढुस्स हुने, पेट पोल्ने गर्छ। त्यसकारण धेरै पनि खाना एकै पटक नखाने अनि     खाली पेट पनि धेरै बेर नबस्ने बानीबाट ग्यास्ट्राइटिसको समस्या धेरै हटाउन सकिन्छ ।

पेट किन कराउँछ ?

सामान्यत्याः धेरै समय भोकै बस्यो भने आमाशयबाट एक किसिमको हर्मोन निस्किन्छ । जसलाई मोटिलिन भनिन्छ । त्यो हर्मोन बढी उत्पादन भएपछि सानो आन्द्रा र आमाशयको गतिलाई एकदमै बढाउँछ। जसले गर्दा आन्द्रा धेरै खुम्चिन्छ । त्यहि खुम्चिने क्रममा आवाज बाहिर निक्लने हो। यसको निदान भनेको खाली पेट धेरै बस्नु हुन्न।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ