२०७८ साउन ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यपार्किन्सन रोगबारे जान्नैपर्ने यी ५ तथ्य

पार्किन्सन रोगबारे जान्नैपर्ने यी ५ तथ्य


पार्किन्सन रोग (पिडी) मूल रुपमा एक न्यूरोडोजेनेरेटीभ विकार हो जुन कयौं शारीरिक गतिविधिहरुमा प्रतिकूल रुपमा प्रभावित गर्दछ। यसमा हात काम्ने, पूरा शरीरको चालमा परिवर्तन हुने हुन्छ। यसको लक्षण समयसँगै झन् बढी देखिन थाल्छ।

र, केहीमा भने डिम्नेसियाको लक्षण पनि देखिन्छ। तर, यो रोगको उपचार भने अहिलेसम्म पत्ता लागेको छैन। विज्ञहरुले निरन्तर रुपमा यसको उपचारको लागि अनुसन्धान गरिरहेका छन्। सो अध्ययनबाट भने पिडीको सुरुवाती लक्षण देखिंदा केहि थेरापीले यसबाट बच्न सकिने उल्लेख गरेका छन्।

२१ वर्षको उमेरमा पनि देखिन सक्छ यो रोग

यद्यपि यो रोग ६० वर्ष पछि देखिन्छ, र २१ वर्षको उमेर भएका व्यक्तिमा पनि यो रोगको विकास भएको पाइन्छ। युवाहरुमा वृद्धहरुमा देखिने जस्तै लक्षणसुरुमा देखिन्छ। जस्तै:

१) कम्पन
२) ढिलो चालढाल,
३) अलचिलो शरीरका अंग र
४) खराब(असन्तुलित) आसन।

यो रोगलाई वंशाणुगत रोग मानिन्छ तापनि विषादीयुक्त वातावरण र मष्तिष्क मा हुने चोट लाई पनि प्रमुख कारक मानिएको छ । यदि कोही घरमा कसैलाई उक्त रोग छ र त्यस परिवारको युवा सदस्यलाई पनि संकेत देखिएको छ भने डाक्टरसँग परामर्श लिनुपर्ने हुन्छ।

२. यो रोगको निश्चित जाँच छैन

प्राय रोगहरु पहिचान गर्नको लागि रगत परीक्षण र इमेज स्क्यान गरिन्छ। तर, पार्किन्सनको लागि कुनै पहिचान गर्ने उपकरण छैन। चिकित्सकले यो रोग पारिवारिक इतिहासबाट र शारीरिक परीक्षण हेरेर उपचारको योजना बनाउँछन्।

यसको लक्षणहरूको पूर्ण र गहिराई पहिचान गरेपछि उपचार योजना बनाउनु पर्ने हुन्छ। यदि बिरामीमा पिडीको २/३ हलमार्क लक्षण – (काम्ने, मांसपेशीमा कठोरता, ढिलो चालढाल ) देखिएमा चिकित्सकले पार्किन्सन रोग भनेर औलाउछन। कतिपय केसमा भने चिकित्सकले पार्किन्सनको औषधी दिएर यसको प्रतिक्रियाबाट रोग पत्ता लगाउने प्रयास गर्छन। औषधीबाट लक्षणमा सुधार आएमा सोही रोग भन्ने पत्ता लाग्छ।

३. पार्किन्सन के कारणले लाग्छ ? भन्ने कुराबाट अनविज्ञ छन अनुसन्धानकर्ता

क़े कारणले यो रोग लाग्छ भनेर अन्वेषकहरूले अनुसन्धान जारी छ। यस अनुसन्धानका लागि द नेसनल इन्सिच्युट अफ हेल्थले २२४ मिलियन डलर फण्ड हालेको थियो। तर, पनि ठोस कारण पत्ता लाग्न सकेको छैन।

वैज्ञानिकहरूले पीडी भएका व्यक्तिहरूमा थुप्रै जीनहरूको उत्परिवर्तनहरू पहिचान गरे । तर, यी उत्परिवर्तनको कारण के हो भनेर पत्ता लाग्न सकेको छैन। यी जीन उत्परिवर्तनले सेल कार्यलाई धेरै तरिकाबाट प्रभाव पारिरहेको छ।

काम नलाग्ने तत्वहरुलाई सफा गर्न नसक्ने कोषिकाहरु बनाउने, सन्युरोलोजिकल कार्यहरू बिगार्न सक्ने आदि। यो रोग वंशानुगत रूपमा देखिन्छ, त्यसैले कुनै पनि परिवारमा कसैलाई पार्किन्सन भएको छ भनेआफ्नै सम्भावित लक्षणहरू अनुसन्धान गर्नुपर्छ।

हरेक वर्ष हजारौ विज्ञ यो रोगको उपचारको बिकास गर्ने उद्देश्यले यस रोग लाग्ने कारण बारे राम्ररी बुझ्न यस सम्बन्धित हाइपोथेसिस बनाउन लाग्छन्।

अन्वेषकहरूले हाल पीडीमा न्यूरोइन्फ्लेमेसनको भूमिका, पीडी रोगमा देखिने जीन उत्परिवर्तनको जीवविज्ञान, पार्किन्सनको लागि गहिरो मस्तिष्क उत्तेजना, पीडीको लागि निश्चित परीक्षण पत्ता लाग्न सक्ने बायोमार्कर्स, र अन्य थुप्रै कोणहरूबाट खोजी गरिरहेका छन्। जुन अन्ततः यसको लागि उपचार हुन सक्छ।

४. पार्किन्सन रोगले पार्किन्सन डिम्नेशिया रोग निम्त्याउन सक्छ

पीडी भएका व्यक्तिमा डिम्नेशिया विकास हुन् सक्छ। जसलाई लेवी बडी डीम्नेशिया (एलबीडी) भनिन्छ। यद्यपि, एलबीडी पार्किन्सन नभएको व्यक्तिमा पनि देखिन सक्छ। स्पष्टताको लागि, LBD शब्द डिमेन्शियाको विशिष्ट उपप्रकारलाई जनाउछ जुन PD नदेखिएको खण्डमा पनि विकसित हुन्छ।

‘पार्किन्सन डिमेन्शिया’ पीडी भएका व्यक्तिहरूमा देखिन्छ। जसले पछि डिम्नेशिया विकास गर्दछ। लेवीले शरीरमा असामान्य प्रोटीन भण्डार गर्छ जुन मस्तिष्कमा जम्मा हुन्छ र दिमागी क्षमतामा समस्या उत्पन्न गराउछ। लेवी शरीर र पीडी बीचको सम्बन्धबारे अहिले पनि अध्ययन भैरहेको छ।

५. जीन थेरापी पार्किन्सनको उपचार हुनसक्छ

‘डिजाइनर डीएनए’ जीन थेरापीले डीएनएको प्रयोगशाला-निर्मित भाग बनाउछ। जुन शरीरको भित्री वास्तविक जीनको प्रतिक्रियालाई प्रभावित गर्न सक्छ। पीडीको लागि गरिएको ‘डिजाइनर डीएनए’, को एक परीक्षणको लागि मुसामा प्रयोग गरिएको थियो।

डिजाइनर डीएनए सेगमेन्टलाई मुसाको मिडब्रेनसम्म पुर्याउनको लागि एक गैर-संक्रामक भाइरसको प्रयोग गरिएको थियो।सो डीएनएले जिससे वृद्धि हुँदै गरेको नयाँ कोषिका (न्यूरोनन)लाई सफलतापूर्वक ब्लक गरेको थियो।

उपचार पाउने मुसाले डोपामाइन-उत्पादक न्यूरोन्सको नयाँ वृद्धिको अनुभव गर्यो र पिडीको सबै लक्षण पनि हटेको थियो। यस नतिजाबाट पनि यसको उपचार हुन् सक्ने देखिन्छ।

स्रोत : सिएनएन


क्याटेगोरी : जनस्वास्थ्य
ट्याग : #पार्किन्सन


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)