२०७९ मंसीर १३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसरकारले ९ करोड खर्चन्छ तर ९३ लाख नेपालीले डेंगीको नामै सुनेका छैनन्

सरकारले ९ करोड खर्चन्छ तर ९३ लाख नेपालीले डेंगीको नामै सुनेका छैनन्


काठमाडौ–देशभर डेंगुले महामारीको रुप लिइरहेका बेला नेपालको ठुलो जनसंख्या यसबारे अनविज्ञ भएको एक पछिल्लो अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको एक अध्ययन अनुसन्धानले ८७ प्रतिशत अर्थात २ करोड ६१ लाख नेपाली डेंगुको उपचारबारे अनविज्ञ रहेको देखाएको हो ।

परिषदले सन् २०१७ देखि २०१८ सम्म डेंगु प्रभावित क्षेत्रलाई केन्द्रविन्दु बनाएर गरेको अनुसन्धानले सो संख्याका नेपाली डेंगुको उपचारबारे अनविज्ञ भएको पाइएको हो । त्यस्तै, १३ प्रतिशत अर्थात ९३ लाख नेपालीले त डेंगुको नाम समेत सुनेका छैनन् ।तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुबारे जनचेतना, लामखुट्टेको वासस्थान खोजी, लार्भा नष्ट जस्ता अभियान सञ्चालनका लागि ९ करोड रुपैयाँ विनियोजन गर्दै आएको छ ।

स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धानकर्ता डा. मेघनाथ धिमालले ठुलो संख्या डेगुबारे अनविज्ञ रहेको बताए । उनले, पछिल्लो पाँच वर्षमा समेत यसको ज्ञानमा सुधार नभएको बताए । सन् २०११ देखि सन् २०१२ मा पहिलोपटक अनुसन्धान गर्दा १२ प्रतिशत अर्थात ९६ लाख जनताले डेंगुको नामै नसुनेको बताएका थिए । त्यो संख्या पाँच वर्षमा १ प्रतिशतले मात्रै बढेको छ । सरकारले डेंगुबारेमा गरेको जनचेतनाको स्तर कुन तहमा छ भनेर निर्धारण गरेको अनुसन्धानकर्ताले बताएका छन् ।

अध्ययनको आधार के थियो ?

परिषदका अनुसार सन् २०११ देखि २०१२ मा पर्सा, हेटौडा, काठमाडौं, ललितपुर, रसुवा र नुवाकोटलाई केन्द्रविन्दु बनाएर अध्ययन गरेको थियो । अध्ययन ५९० जनालाई सहभागी गराईएको थियो । तर पछिल्लो पटक सन् २०१७ देखि २०१८ सम्म गरिएको अध्ययनमा चितवन, धादिङ, काठमाडौ, ललितपुर र नुवाकोटलाई केन्द्रित गरिएको थियो । सो समयमा ६६० जनालाई प्रश्न उत्तरमा सहभागी गराइर्एको थियो ।

परिषद्का अध्यक्ष डा. अञ्जनी कुमार झाले सो अनुसन्धान प्रतिवेदनले तीन करोड नेपालीको प्रतिनिधित्व गरेको बताए । अनुसन्धानले देखाए अनुसार उच्च भुभागका १६ प्रतिशत तल्लो भुभावका ५३ प्रतिशत नेपालीलाई मात्रै डेंगुबारे जानकारी भएको देखाएको छ ।

अनुसन्धानका क्रममा सम्बन्धीत व्यक्तिलाई डेंगु लामखुट्टेबारे २० वटा प्रश्न सोधिएको थियो । जसमा ८० प्रतिशत मिलाएको खण्डमा ज्ञान भएको मानिएको थियो । यो अन्तराष्ट्रिय अभ्यास हो । तर, ८० प्रतिशत उत्तर मिलाउन नसकेको खण्डमा डेंगुबारे ज्ञान नभएको मानिएको थियो ।

डेंगुका लागि बजेट कति ?

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक वर्ष ०७६/७७ मा केन्द्र, प्रदेश र स्थानीय सरकारका लागि डेंगु नियन्त्रण प्रयोजनका लागि ९ करोड ५४ लाख विनियोजन भएको छ । तिनै तहका सरकार तथा गैरसरकारी संस्थामार्फत डेंगु नियन्त्रणका कार्यक्रमहरु सञ्चालन हुँदै आएको पनि सरकारले जनाएको छ । तर, २ करोड ६१ लाख जनता डेंगुको उपचार बारे अनविज्ञ हुनु र ९३ लाख जनताले डेंगुको नामै नसुन्नुले सरकारी कार्यक्रमको कुनै प्रभाव नभएको अधिकारीहरुले बताएका छन् ।

केन्द्र सरकारले स्थानीयस्तरमा लामखुट्टेको वासस्थान खोजी, लार्भा नष्ट, जनचेतना, जस्ता शिर्षकमा अभियान सञ्चालनका लागि बढी प्रभावित १ सय ५ वटा पालिकामा १ करोड ६६ लाख बजेट पठाएको छ । डेंगु तथा कीटजन्य रोग नियन्त्रणका लागि केन्द्रबाट प्रदेशस्तरमा ७ वटा प्रदेशका लागि ६ करोड १७ लाख विनियोजन भएको छ । केन्द्र सरकारमा डेंगु नियन्त्रणका लागि १ करोड ७१ लाख राखिएको छ ।

१८ सय मिटर माथिसम्म पुग्छ लामखुट्टे

अनुसन्धानले नेपालमा एडिज एजिप्टाईले १८ सय मिटर तथा एडिज अल्बोपिक्टसले २१ सय मिटरको उचाईसम्म पुगेर प्रजनन गर्न सक्ने देखिएको छ । तर, नेपालमा डेंगुले घुडा भन्दा माथि जान नसक्ने अफवाह फैलाइएको छ । यी दुवै लामखुट्टेले फुल पार्दा मुख्य प्रार्थमिकतामा फ्याँकिएका टायरहरु रहेको पाइएको छ । डेंगु नियन्त्रणका नाममा स्थानियतहमा धमाधम ‘फगिङ’ खरिद भएका छन् ।

डेंगु नियन्त्रणमा ‘फगिङ’ को कुनै भुमिका नभएको डा धिमालले बताए । डेंगु घर भित्रको सोफामा बस्न रुचाउँछ । बाहिर खुला आकाश मुनिको पानीमा हैन । घर भित्रको सोफा, धुवा नआँउने किचन, बाथरुम, फ्रिजको चेप, गमलामा डेंगु बस्छ । त्यसैले धुवाँउने विषादी ‘फगिङ’ ले वातावरण र मानव स्वास्थ्यमा नकारात्मक असरपार्छ । हाल सम्म ९ हजार बढी डेंगुका बिरामी पत्ता लागिसकेका छन् ।

डेंगु नियन्त्रणलाई महाअभियानका रुपमा लैजानुपर्छ

डा मेघनाथ धिमाल
अनुसन्धानकर्ता, स्वास्थ्य अनुसन्धान परिषद

डेंगुबारे सुन्ने जनताको कमि पाइएको छ । उच्चु भुभागका १६ प्रतिशत जनतालाई मात्रै डेंगुको बारेमा जानकारी छ । त्यस्तैः तल्लो भुभावका ५३ प्रतिशतलाई मात्रै जानकारी छ । सन् २००६ मा नेपालमा पहिलो पटक डेंगु फैलियो । त्यस पछि डेंगुले फैलन सक्ने क्षेत्रका बारेमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले अध्ययन सुरु गर्यो । त्यस अध्ययनमा काठमाडौमा जुनसुकै समयमा डेंगु हुन्छ भनेर औल्याएका थियौं ।

सन् २०१० मा काठमाडौमा पहिलो पटक डेंगुका बिरामी देखिएका थिए । त्यस बेला चितवनमा १० जनाको मृत्यु हुनेगरी महामारीको रुप लिएको थियो । डेंगु देखिने क्रम बढ्दै गएपछि हामीले आम मानिसमा डेंगुबारे ज्ञान, त्यसको स्वभाव के कस्तो छ भनेर अध्ययन गरेको थियौं । त्यस्तै, डेंगु संक्रमित लामखुट्टेले दिउसो टोक्छ भन्ने जानकारी भए नभएको लगायतका सामान्य विषयलाई समेटेर जनतामाझ अध्ययन गरेका थियौं । तर अध्ययनले सोचेको जस्तो नतिजा दिन सकेन । अब सरकारले यसलाई महाअभियानका रुपमा देशैभरी जनचेतना पुर्याउनु पर्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)